images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • नालामा ‘स्वच्छ दूध उत्पादन’ सम्बन्धी अभिमुखीकरण...

नालामा ‘स्वच्छ दूध उत्पादन’ सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

नालामा ‘स्वच्छ दूध उत्पादन’ सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

images
images
बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • काभ्रे । विश्व दूध दिवस २०८३ को अवसरमा नेपाल डेरी एसोसिएसनले सञ्चालन गरिरहेको साताव्यापी कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नालामा “स्वच्छ दूध उत्पादन” सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ।

    images
    images

    नेपालमा पहिलो डेरी स्थापना भएको ऐतिहासिक स्थल नालामा आयोजित कार्यक्रममा बनेपा नगरपालिका वडा नं। ३ का वडाध्यक्ष रमेश दाहालको सभापतित्व तथा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका पदाधिकारी, डेरी व्यवसायी, पशु सेवा शाखाका प्रतिनिधि, दुग्ध सङ्कलक तथा स्थानीय किसानहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डले स्वच्छ दूध उत्पादनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेको थियो। साथै कर्मा ग्रुपका प्रतिनिधि डा.योगेन्द्र राणाले डेरी क्षेत्रमा प्रयोग हुने “डेरी कमाण्डर” औषधि र त्यसले दूध उत्पादनमा पार्ने प्रभावबारे जानकारी दिएका थिए।

    images
    images

    कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका पदाधिकारीहरूले दुग्ध क्षेत्रले ग्रामीण अर्थतन्त्र, रोजगारी र उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै गुणस्तरीय दूध उत्पादनका लागि स्वच्छता अनिवार्य भएको बताए। उनीहरूले देशभर दुई समय दूध सङ्कलनलाई अनिवार्य गर्नुपर्ने आवश्यकता पनि औँल्याए।

    राष्ट्रिय दुग्ध विकास बोर्डका बोर्ड सदस्य राजनप्रसाद दाहालले नाला क्षेत्रले नेपालको डेरी इतिहास बोकेको स्मरण गराउँदै २००९ सालमा यहाँ पहिलो डेरी स्थापना भएको इतिहास उल्लेख गरे। उनले ऐतिहासिक स्थल तथा भग्नावशेष संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए।

    कार्यक्रमका सभापति रमेश दाहालले विश्व दूध दिवसको मुख्य उद्देश्य दूध तथा दुग्ध पदार्थको महत्वबारे जनचेतना फैलाउनु र उपभोग वृद्धि गर्नु रहेको बताए। कार्यक्रममा सहभागीहरूलाई दही–चिउरा तथा पनिरको तरकारीसहित खाजाको व्यवस्था गरिएको नेपाल डेरी एसोसिएसनले जनाएको छ।

    कार्यक्रममा वक्ताहरूले काभ्रे जिल्ला नेपालको दुग्ध क्षेत्रको पहिलो आत्मनिर्भर जिल्ला, सबैभन्दा बढी दूध उत्पादन हुने जिल्ला तथा पहिलो डेरी स्थापना भएको ऐतिहासिक जिल्ला भएकाले यसको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend