images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • खल्ती जात्राको अवसरमा 'खल्ती स्टक हब'...

खल्ती जात्राको अवसरमा 'खल्ती स्टक हब' सार्वजनिक

खल्ती जात्राको अवसरमा 'खल्ती स्टक हब' सार्वजनिक

images
images
बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती स्टक हब सेवा सार्वजनिक गरेको छ।खल्तीले वार्षिक रूपमा सम्पन्न गर्ने महोत्सव 'खल्ती जात्रा २०८३ को अवसरमा सार्वजनिक गरिएको यो सेवामार्फत प्रयोगकर्ताहरूले अब नेप्सेको लाइभ डेटा, टप गेनर्स/लुजर्स, आइपिओ पाइपलाइनलगायत सेयर बजारसँग सम्बन्धित सम्पूर्ण जानकारी खल्ती एपबाट निःशुल्क प्राप्त गर्न सक्नेछन्।  खल्ती एउटै एपबाट लाइभ सेयर मूल्य हेर्न, आइपिओ ट्र्याक गर्न, क्यालकुलेटरले लागत हिसाब गर्न र लाभांश तालिका बुझ्न सकिने नेपालको पहिलो डिजिटल वालेट बनेको छ।

    images
    images

    नेपालमा लाखौं डिम्याट खाता भएपनि सही जानकारी र भरपर्दो प्लेटफर्मको अभावले गर्दा ठूलो संख्याका लगानीकर्ताहरू दोस्रो बजारको कारोबारमा जोडिन सकेका छैनन्।खल्ती स्टक हबले यही अभावलाई परिपूर्ति गर्दै सेयर बजारको पहुँचलाई थप सहज बनाउने लक्ष्य राखेको छ।यो प्लेटफर्म सेयर किनबेच गर्ने (ट्रेडिङ) प्लेटफर्म भने होइन तर यसले लगानीकर्ताहरूलाई ब्रोकरमार्फत कारोबार गर्नुअघि बजारको अवस्था बुझ्न, विश्लेषण गर्न र सुसूचित निर्णय लिन मद्दत गर्नेछ।

    खल्ती स्टक हबका मुख्य सुविधाहरू:

    images
    images

    लाइभ मार्केट ड्यासबोर्ड: लाइभ नेप्से इन्डेक्स, टप गेनर्स लुजर्स, टप टर्नओभर र सूचीकृत कम्पनीहरूको अन्तिम कारोबार मूल्यको रियल-टाइम जानकारी ।वित्तीय क्याल्कुलेटरहरू: पहिलोपटक एउटै एपभित्र ट्रान्जेक्सन, एभरेजिङ, एडजस्टमेन्ट, डिभिडेन्ड, कम्पाउन्डिङ र एसआइपी गरी ६ वटा विभिन्न क्याल्कुलेटरहरू उपलब्ध।आइपिओ र डिभिडेन्ड ट्र्याकिङ: आगामी आइपिओ को घोषणा र आवेदन मिति, सूचीकृत कम्पनीहरूको डिभिडेन्ड भुक्तानी तालिका र प्रमोटर सेयर अनलक हुने मितिको जानकारी एकै ठाउँमा।

    यस अवसरमा आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण रेग्मीले भने, 'नेपालको पुँजी बजार प्रत्येक नेपालीको हो, केवल विशेषज्ञहरूको होइन सही जानकारी र सजिलो उपकरणको अभावले लाखौं  नागरिकले डिम्याट खाता खोलेर पनि कारोबार गर्न सकेका छैनन्। जुम्लाको किसानदेखि कतारमा काम गर्ने कामदारसम्म सबैले आफ्नो खल्ती एपबाटै सेयर बजार बुझ्न, ट्र्याक गर्न र सोचेर लगानी गर्न सक्नेछन्। खल्ती अब केवल डिजिटल भुक्तानीको माध्यम मात्र होइन यो नेपालीहरूलाई वित्तीय अनुशासन र लगानीको संस्कार सिकाउने एक एक्पेरिएन्स प्लेटफर्म हो।'

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend