images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • आन्तरिक जानकारी प्रयोग गरेर सट्टेबाजी गरेको...

आन्तरिक जानकारी प्रयोग गरेर सट्टेबाजी गरेको आरोपमा गुगलका कर्मचारीमाथि मुद्दा दायर

आन्तरिक जानकारी प्रयोग गरेर सट्टेबाजी गरेको आरोपमा गुगलका कर्मचारीमाथि मुद्दा दायर

images
images
बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • क्यालिफोर्निया । अमेरिकाको बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलका एक जना इन्जिनियरलाई कम्पनीको गोप्य आन्तरिक जानकारी प्रयोग गरेर अनलाइन बेटिङ प्लेटफर्ममा ठुलो रकम जितेको आरोपमा पक्राउ गरिएको छ । अमेरिकाको साउदर्न डिष्ट्रिक्स अफ न्यूयोर्कका अभियोजकले इटालियन नागरिक मिशेल स्पाग्नुओलोविरुद्ध इनसाइडर ट्रेडिङसम्बन्धी कानुन उल्लंघनको अभियोग लगाएको जनाएको छ । उनी स्विट्जरल्यान्डमा बसोबास गर्दै आएका थिए तर बुधबार उनलाई पक्राउ गरी न्यूयोर्कको संघीय अदालतमा पेश गरिएको हो ।अभियोजन पक्षका अनुसार स्पाग्न्युओलोले गुगलमा आफ्नो काममार्फत पहुँच पाएको गोप्य मार्केटिङ तथा आन्तरिक जानकारी प्रयोग गरेर पोलीमार्केटमा सट्टेबाजी गरेका थिए । ती सट्टेबाजीहरूबाट उनले करिब १२ लाख अमेरिकी डलर जितेको आरोप छ । कम्पनीले अनुसन्धानमा कानुन प्रवर्तन निकायसँग सहकार्य गरिरहेको र ती कर्मचारीलाई निलम्बनमा राखिएको गुगलकी प्रवक्ताले बताइन् । उनका अनुसार प्रयोग गरिएको आन्तरिक जानकारी सबै कर्मचारीले पहुँच गर्न सक्ने टुलमार्फत लिइएको भए पनि त्यसलाई गोप्य रूपमा सट्टेबाजीमा प्रयोग गर्नु कम्पनी नीतिको गम्भीर उल्लङ्घन हो ।

    images
    images

    पोलीमार्केटका प्रवक्ताले पनि अनुसन्धानमा अधिकारीहरूसँग पूर्ण सहकार्य गरिएको बताएका छन् । ‘ब्लकचेन ट्रेडिङ पारदर्शी र ट्रेस गर्न मिल्ने हुन्छ, र गलत काम गर्नेहरूले आफ्नो छाप छोड्छन्,’ उनले भने । ब्लकचेन क्रिप्टोकरेन्सीसँग सम्बन्धित डिजिटल लेजर प्रणाली हो, जुन पोलीमार्केटमा प्रयोग हुने मुख्य भुक्तानी माध्यम हो । अमेरिकी अभियोजक कार्यालयले एफबीआईसँग मिलेर उनलाई पक्राउ गरेको हो । स्पाग्नुओलोलाई २२ लाख ५० हजार अमेरिकी डलर धरौटीमा रिहा गरिएको एबीसी न्युजले जनाएको छ । अनुसन्धान अनुसार स्पान्युयोले ‘अल्फाराकुन’ नामको खाताबाट कारोबार गरेका थिए । एफबीआईले इटालियन परिचयपत्र प्रयोग गरी खोलिएको एउटा खाता फेला पारेर उनका विभिन्न खातासँग जोडिएको बताएको छ ।स्पान्युयोलोले गुगलमा १२ वर्षभन्दा बढी समय इन्फर्मेसन सेक्युरिटी इन्जिनियरका रूपमा काम गरेका थिए । उनले सन् २०२४ मा पोलीमार्केट प्रयोग गर्न थालेका थिए । अभियोजन पक्षका अनुसार उनले गत वर्षको अक्टोबरदेखि डिसेम्बरसम्म गुगलसम्बन्धी विषयमा करिब २७ लाख डलर बराबरको बाजी राखेका थिए । आन्तरिक जानकारी प्रयोग गरेर उनले १० लाख डलरभन्दा बढी नाफा कमाएको दाबी गरिएको छ ।अदालतका कागजातअनुसार उनका सबैभन्दा ठुलो नाफामध्ये एक सही भविष्यवाणीसन २०२५ मा गुगलमा सबैभन्दा धेरै खोजिने व्यक्ति को हुने भन्ने थियो । उनले केही नामहरू, जस्तै बियान्का सेन्सोरी र डोनाल्ड ट्रम्प जस्ता नाममा बाजी थिए । साथै उनले गायक डी४भीडी शीर्ष स्थानमा आउने अनुमान गरेका थिए । अदालतका कागजातअनुसार उनले नोभेम्बरमा उक्त बाजी लगाउँदा डी४भीडी  गुगलको सबैभन्दा खोजिएको व्यक्ति बनिसकेको जानकारी उनलाई पहिले नै उपलब्ध आन्तरिक डाटाबाट थाहा थियो । हाल डी४भीडी एक किशोरीको हत्या आरोपमा जेलमा छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend