images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • ट्रम्पको जस्तो कपाल भएको राँगोको बलि...

ट्रम्पको जस्तो कपाल भएको राँगोको बलि नदिइने, चिडियाखानामा राखिने

ट्रम्पको जस्तो कपाल भएको राँगोको बलि नदिइने, चिडियाखानामा राखिने

images
images
बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • एजेन्सी । बंगलादेशमा आफ्नो अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जस्तो कपाल भएको एउटा राँगो प्रसिद्ध भएपछि त्यसलाई बलि नदिइने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अब यसको हेरचाह राष्ट्रिय चिडियाखानामा गरिनेछ ।१७ करोड जनसंख्या भएको दक्षिण एसियाली राष्ट्र मुस्लिमबहुल बंगलादेशले बिहीबार बलिदानको पर्व ईद–अल–अदहा मनाउँदैछ ।७०० किलो तौल भएको उक्त राँगो दुर्लभ अल्बिनो (पाण्डुरंगी) हो । त्यसको टाउकोमा अमेरिकी राष्ट्रपतिको विशिष्ट शैलीसँग मिल्दोजुल्दो हल्का रंगको कपाल छ । यसलाई पर्वको अवसरमा बलि दिने तयारी गरिएको थियो ।

    images
    images

    तर, काटिनुभन्दा केही घण्टाअघि सरकारले हस्तक्षेप गरी अनलाइनमा चर्चा कमाएको यस जनावरलाई बचाएको छ ।राष्ट्रिय चिडियाखानाका क्युरेटर अतिकुर रहमानले उक्त जनावरको राम्रोसँग हेरचाह गरिने बताए ।‘हामीले यो अल्बिनो भैंसीका लागि एउटा छुट्टै गोठ तोकेका छौं र हेरचाहकर्ता नियुक्त गरेका छौं,’ रहमानले बुधबार भने, ‘यसलाई दुई हप्तासम्म क्वारेन्टाइनमा राखिनेछ ।’बंगलादेशमा यो अप्रत्याशित सामाजिक सञ्जाल स्टारसँग तस्बिर खिच्न मानिसहरूको भीड लागेको थियो ।

    राँगाका पूर्व मालिक ३८ वर्षीय जियाउद्दीन मृधाले आफ्नो भाइले यसको असाधारण कपालको कारण यसको नाम ट्रम्प राखेको बताए ।मृधाले सामाजिक सञ्जालका फ्यानहरू, रमितेहरू र बालबालिकाहरू सहित जिज्ञासु आगन्तुकहरूको ताँती यो जनावर हेर्नका लागि आउने गरेको बताए ।उनले ईद–अल–अदहा अगावै उक्त राँगो बेचेका थिए ।तर, सरकारले त्यसलाई बचाउन आदेश दिएपछि प्रहरीले यसलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।‘यो दुर्लभ जनावर भएकाले मालिकबाट लिनका लागि पशुसेवा विभागले हामीलाई अनुरोध गरेको थियो,’ ढाकाको केरानीगञ्ज प्रहरी चौकीका प्रमुख मोहम्मद रुहुल कुद्दुसले भने । त्यहाँ उक्त राँगोलाई लगिएको थियो ।

    images
    images

    ‘उनीहरूले यो अल्बिनो भैंसी अझै धेरै सानो छ र केही वर्षसम्म पाल्न सकिन्छ भनेका छन् ।’पर्वको समयमा बाख्रा, भेडा, गाई र भैंसी गरी १ करोड २० लाख भन्दा बढी पशुको बलि दिइने अपेक्षा गरिएको छ । त्यसकारण धेरै गरिब परिवारहरूले मासु खान पाउने दुर्लभ अवसर पाउँछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend