images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • खोटाङबाट गोर्डन रामसेको किचेनसम्म, सेफ सुभाष...

खोटाङबाट गोर्डन रामसेको किचेनसम्म, सेफ सुभाष थापाको प्रेरणादायी यात्रा

खोटाङबाट गोर्डन रामसेको किचेनसम्म, सेफ सुभाष थापाको प्रेरणादायी यात्रा

images
images
बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौँ । पूर्वी नेपालको खोटाङ जिल्लाबाट सुरु भएको सेफ सुभाष थापाको पाककला यात्रा आज विश्व प्रसिद्ध मास्टर शेफ गोर्डन रामसे को रेस्टुरेन्टसम्म पुगेको छ। संघर्ष, अनुशासन र निरन्तर सिकाइको बलमा उनले अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा आफूलाई सफल शेफका रूपमा स्थापित गरेका छन्।

    images
    images

    अष्ट्रेलियास्थित अर्थसमाचारका संवाददाता तथा ‘फलाङ खाद्य शब्दकोश’का लेखक शिव न्यौपाने ले प्रोफाइल गरेको कथाअनुसार सुभाषले प्रारम्भिक शिक्षा खोटाङमै पूरा गरेपछि थप अध्ययनका लागि काठमाडौं आएका थिए। काठमाडौंमा रहँदा पाककला क्षेत्रमा स्थापित आफ्ना दाजुभाइ र काकाहरूको प्रेरणाले उनी होटल तथा रेस्टुरेन्ट क्षेत्रमा प्रवेश गरेका हुन्।

    उनले सुरुवात हाउसकिपिङ विभागबाट गरे भने पछि साउदी अरेबियामा वेटरका रूपमा काम गर्दै अनुभव बटुले। यही क्रममा श्रीलंकाका एक अन्तर्राष्ट्रिय कार्यकारी शेफसँग काम गर्ने अवसर पाएपछि उनको जीवनले नयाँ मोड लियो। ती शेफको अनुशासन, नेतृत्वशैली र व्यावसायिकताबाट प्रभावित भएका सुभाषलाई उनले विभिन्न पाककलाका सीप सिकाउँदै कुकबुक अध्ययन गर्न प्रेरित गरेका थिए।

    images
    images

    श्रीलंकाली शेफकै सुझावअनुसार सुभाष दुबई पुगे, जहाँ उनले अपोलो अस्पतालसँग सम्बन्धित वातावरणमा थेराप्युटिक शेफका रूपमा काम गरे। त्यसपछि उनले विश्व चर्चित शेफ गोर्डन रामसे अन्तर्गत काम गर्ने अवसर प्राप्त गरे।

    कडा मेहनत र समर्पणका कारण उनले विभिन्न पाँचतारे होटलहरूमा नेतृत्वदायी भूमिका सम्हाल्न सफल भए। नेपाल फर्किएपछि भने उनले आफूले आर्जेको अनुभव र ज्ञान नयाँ पुस्ताका शेफहरूसँग बाँड्न थालेका छन्। उनले प्रेरणादायी कार्यक्रम, प्रशिक्षण तथा परामर्शमार्फत पाककला क्षेत्रमा योगदान दिइरहेका छन्।

    सेफ सुभाषले आफ्नो सफलताको श्रेय संघर्ष, निरन्तर सिकाइ र मेहनतलाई दिने गरेका छन्। उनका अनुसार ज्ञान बाँड्दा अझ बढ्छ र निरन्तर प्रयासले जुनसुकै लक्ष्य पनि हासिल गर्न सकिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend