images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • सामसङका ७८ हजार कामदारले पाउने चार...

सामसङका ७८ हजार कामदारले पाउने चार लाख डलर बोनस

सामसङका ७८ हजार कामदारले पाउने चार लाख डलर बोनस

images
images
बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • सामसङले मेमोरी चिप बनाउने ७८ हजार कामदारहरूलाई औसतमा झण्डै चार लाख डलर बराबरको बोनस दिने भएको छ।विश्वकै सबैभन्दा ठूलो मेमोरी-चिप निर्माता कम्पनी सामसङलाई आर्टिफिसियल इन्टेलिजेन्सका (एआई)  कारण भएको सञ्चालन नाफाको १०.५ प्रतिशत हिस्सा दिइने सम्झौतालाई कम्पनीको श्रमिक युनियनले अनुमोदन गरेपछि सो बोनस पाउने भएका हुन्।एआईका कारण धेरै नाफा भएकाले हाल कायम रहेका अन्य बोनस योजनाहरूमार्फत् वितरण गरिने १.५ प्रतिशत बाहेक थप बोनस नदिए हड्ताल गर्ने युनियनले धम्की दिएको थियो।

    images
    images

    सम्झौता भएपछि करिब २२ अर्ब ६० करोड डलरको सञ्चालन नाफाबाट मेमोरी चिप बनाउने कर्मचारीहरूले औसतमा झन्डै चार लाख डलरको बोनस पाउने भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।चिप डिभिजनका लागि छुट्ट्याइएको कुल बोनस रकमको करिब ४० प्रतिशत हिस्सा सबैलाई समान रूपमा बाँडिनेछ भने बाँकी हिस्सा प्रत्येक बिजनेस युनिटको कार्यसम्पादनमा निर्भर हुनेछ। यस अनुसार मेमोरी-चिपका कामदारहरूले जनही चार लाख डलर जति पाउने अपेक्षा गरिएको छ।

    यो सम्झौता सामसङको दक्षिण कोरियाली प्रतिस्पर्धी कम्पनी एसके हाइनिक्सले गत वर्ष गरेको सम्झौता जस्तै हो। एसकेले कामदारहरूलाई आगामी १० वर्षसम्म सञ्चालन नाफाको १० प्रतिशत दिने वाचा गरेको थियो। यसको मतलब एसकेका ३५ हजार कामदारहरूले औसतमा जनही चार लाख ७३ हजार डलर बोनस पाउने अपेक्षा गरिएको छ।एआई प्रणालीहरूमा प्रयोग हुने हाई-ब्यान्डविथ मेमोरी चिप्सको तीव्र रूपमा बढ्दो मागका कारण यी दुवै कम्पनीहरू लाभान्वित भइरहेका छन्।सामसङ हालै १० खर्ब डलरको बजार पुँजीकरण हासिल गर्ने पहिलो दक्षिण कोरियाली कम्पनी बनेको छ। एसके हाइनिक्स पनि बुधबार मात्रै देशको यस क्लबमा सामेल भयो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend