काठमाडौँ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले विद्यालयहरूमा अझै विद्युतको पहुँच नपुगेको तथ्याङ्क देखाएको छ । आर्थिक सर्वेक्षण २०८२–८३ ले नेपालका ८५.४ प्रतिशत विद्यालयमा इन्टरनेट पुगेको देखाएको हो । यस्तै, ६९.६ प्रतिशतमा विद्युतको पहुँच पुगेको देखाएको छ । आर्थिक सर्वेक्षणअनुसार भूकम्पपछिको विद्यालय पुनर्निर्माणमा ठुलो सफलता देखाएको छ । ७ हजार ६ सय ७२ विद्यालयको निर्माण सम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ ।
विद्यार्थी कल्याणका लागि शैक्षिक सत्र २०८२ मा १५ लाख ४० हजार भन्दा बढी सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति र २७ लाख विद्यार्थीलाई दिवा खाजा कार्यक्रम उपलब्ध गराइएको सर्वेक्षणमा रहेको छ ।त्यस्तै जनशक्ति व्यवस्थापनतर्फ देशभर २ लाख ७१ हजार ३ सय ४४ शिक्षक कार्यरत रहेका छन् । जसमा महिला शिक्षकको अनुपात ४३.७ प्रतिशत रहेको छ । यस क्षेत्रमा शिक्षक–विद्यार्थी अनुपात सामुदायिक विद्यालयमा २४ र संस्थागतमा २९ रहेको पाइएको छ ।




.gif)



