images

२०८३ आश्विन १७ गते

images
images
images

आठ महिनामा ५ लाख २५ हजार नेपाली वैदेशिक रोजगारीमा

आठ महिनामा ५ लाख २५ हजार नेपाली वैदेशिक रोजगारीमा

images
images
बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • काठमाडौँ । हालसम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपालीको कुल संख्या ६९ लाख २३ हजार ४ सय ४३ पुगेको छ । बुधबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कले यस्तो देखाएको हो । सर्वेक्षण अनुसार यसमध्ये महिला ७.१ प्रतिशत र पुरुष ९२.९ प्रतिशत छन् ।  गन्तव्य मुलुकको विविधीकरण गर्ने क्रममा सरकारले हालसम्म १११ देशलाई संस्थागत रूपमा श्रम स्वीकृत खुला गरेको छ ।

    images
    images

    चालु आर्थिक वर्षको फागुनसम्म (पहिलो आठ महिनामा)भने कुल ५ लाख २५ हजार ५ सय १३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । यसमध्ये नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या २ लाख ७३ हजार ५ सय ३० रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १३.७ प्रतिशतले कम हो । तर बिदामा आएर पुनः श्रम स्वीकृति (नवीकरण) लिएर जानेको संख्या भने १५.९ प्रतिशतले बढेर २ लाख ५१ हजार ९ सय ८३ पुगेको छ ।चालु वर्षमा बिदेसिने कुल कामदारमध्ये पुरुषको हिस्सा ८७.९ प्रतिशत र महिलाको हिस्सा १२.१ प्रतिशत रहेको छ । आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा इपिएस प्रणालीमार्फत मात्रै सन् २०२६ को जनवरीदेखि मे २१ सम्म थप २ हजार ४ सय ८२ नेपाली कामदार कोरिया गएका छन् ।

    नेपालीहरू बिदेसिने क्रम जारी रहँदा नेपालमा काम गर्न आउने विदेशीको तथ्याङ्क पनि सर्वेक्षणले देखाएको छ । चालु आर्थिक वर्षको फागुनसम्म ३९५ जना गैर–नेपाली नागरिकले नेपालमा काम गर्न नयाँ श्रम स्वीकृति लिएका छन् भने ८९० जना विदेशी नागरिकले आफ्नो श्रम स्वीकृति नवीकरण गराएका छन् ।सर्वेक्षणले वैदेशिक रोजगारीको अँध्यारो पाटोको रूपमा रहेको मृत्यु र अङ्गभङ्गको तथ्याङ्क पनि सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको सिलसिलामा १ हजार ८६ जना नेपाली कामदारले ज्यान गुमाएका छन् ।

    images
    images

    सोही अवधिमा मृतकका परिवार तथा हकवालालाई क्षतिपूर्ति बापत ६३ करोड २२ लाख प्रदान गरिएको छ । यसै अवधिमा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएका ६०१ जना कामदारले आर्थिक सहायता पाएका छन् भने ज्यान गुमाएका श्रमिकका ३ हजार ४ सय ८७ जना सन्ततिले शिक्षामा छात्रवृत्ति सुविधा पाएका छन्। वैदेशिक रोजगारजन्य ठगीका घटनामा पनि सरकारले कानुनी कारबाही अघि बढाएको छ । चालु आर्थिक वर्षको फागुनसम्म २७३ वटा मुद्दा अदालतमा दायर भई क्षतिपूर्ति बापत ३ करोड ५० लाख १८ हजार ६ सय रुपैयाँ पीडितलाई उपलब्ध गराइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend