images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • असिना पानीले मकै, फलफुल तथा तरकारी...

असिना पानीले मकै, फलफुल तथा तरकारी बालीमा क्षति

असिना पानीले मकै, फलफुल तथा तरकारी बालीमा क्षति

images
images
मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३
  • पाेखरा । सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा मकै, फलफुल तथा तरकारी बालीमा क्षति पुगेको छ।हावाहुरीसहितको असिना पानीका कारण महानगर क्षेत्रका वडा नम्बर १३, २२, २३, २४, २८, ३१, ३२, ३३ लगायतका वडामा लगाइएको मकैसहित फलफूल तथा तरकारी बारीमा क्षति पुगेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए।

    images
    images

    कृषि प्राविधिक एव‌ं वडास्तरीय कृषि सञ्जालबाट क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ । वडा नम्बर १३ मा लगाइएको करिब २०० रोपनी क्षेत्रफलको तरबुजालाई असिनाले क्षति पुर्‍याएको छ।सुरौदी खोलामा पानीको बहाव बढेपछि महानगरको ३३ नम्बर वडाको सुरौदी तिखेढुुङ्गा क्षेत्रमा पुल नहुँदा ३५ रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको तरबुजा बजारमा ल्याउन मुस्किल भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend