images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • हान्टाभाइरस प्रभावित क्रुज जहाजबाट निस्किएका स्पेनी...

हान्टाभाइरस प्रभावित क्रुज जहाजबाट निस्किएका स्पेनी नागरिकमा संक्रमण

हान्टाभाइरस प्रभावित क्रुज जहाजबाट निस्किएका स्पेनी नागरिकमा संक्रमण

images
images
मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३
  • म्याड्रिड । स्पेनमा क्वारेन्टिनमा बसिरहेका एक जनामा हान्टाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्ति दक्षिण ध्रुव नजिक यात्रा गरेको क्रुज जहाज एमभी होन्डियसबाट उद्धार गरिएका स्पेनी नागरिकमध्ये एक हुन् । स्पेनको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार संक्रमित व्यक्ति मे १० देखि म्याड्रिडस्थित गोमेज उल्ला केन्द्रीय रक्षा अस्पतालमा क्वारेन्टिनमा थिए । 

    images
    images

    उनी जहाजमा देखिएको प्रारम्भिक संक्रमणपछि गरिएको निगरानीका क्रममा ‘निकट सम्पर्क’का रूपमा पहिचान भएका थिए । संक्रमण पुष्टि भएपछि बिरामीलाई अस्पतालको उच्चस्तरीय आइसोलेसन इकाईमा सारिएको छ, जहाँ विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ ।योसँगै एमभी होन्डियसमा रहेका स्पेनी यात्रुहरूमध्ये संक्रमित हुने संख्या दुई पुगेको छ । यद्यपि स्पेन सरकारले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ । संक्रमण पहिलेदेखि लागू गरिएको आइसोलेसन तथा निगरानी प्रणालीभित्रै पत्ता लागेकोले हाल सर्वसाधारणका लागि जोखिमको स्तर नबढेको र महामारी नियन्त्रण रणनीतिमा परिवर्तन आवश्यक नभएको स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।

    हान्टाभाइरसको यो प्रकोप अप्रिलमा अर्जेन्टिनाबाट प्रस्थान गरेको एमभी होन्डियस जहाजसँग सम्बन्धित छ । जहाजमा यात्रा गरेका तीन यात्रुको मृत्यु भइसकेपछि विभिन्न देशका स्वास्थ्य अधिकारीहरूले संक्रमित व्यक्तिहरूको खोजी तथा निगरानी तीव्र पारेका छन् । अप्रिलको अन्त्यतिर दर्जनौँ यात्रुहरू दक्षिण अटलान्टिक महासागरस्थित दुर्गम टापु सेन्ट हेलेनामा जहाजबाट ओर्लिएका थिए । बाँकी यात्रुहरू मे महिनामा स्पेनको क्यानरी टापुमा अवतरण गरेर आ–आफ्ना देश फर्किए । पछि जहाजका केही चालक दल सदस्यहरू नेदरल्यान्ड्समा ओर्लिए ।संक्रामक रोग विशेषज्ञहरूले आगामी दिनहरूमा थप संक्रमित फेला पर्न सक्ने चेतावनी दिएका छन् । ‘आगामी हप्ताभित्र थप व्यक्तिहरूमा संक्रमण पुष्टि भए कसैलाई पनि अचम्म लाग्ने छैन,’ संक्रामक रोग विशेषज्ञ तथा टोरन्टो विश्वविद्यालयका प्राध्यापक आइज्याक बोगोचले गत साता भनेका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend