images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा भिसा वेयरेबल...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा भिसा वेयरेबल स्टिकर लोकार्पण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा भिसा वेयरेबल स्टिकर लोकार्पण

images
images
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबि पेवियर’ को आधिकारिक रूपमा लोकार्पण गरेको छ । 

    images
    images

    कार्यक्रममा ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित सम्पर्क रहित कारोबार गर्न सक्ने यो नयाँ प्रविधि सार्वजनिक गरियो । यस लोकार्पणले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात गरेको बैंकले जनाएको छ ।

    कार्यक्रममा बैंकले “एनआईएमबि पेवियर” कसरी दैनिक कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने उद्देश्यले डिजाइन गरिएको छ भन्ने कुरा प्रस्तुत गर्यो । यसले ग्राहकहरूलाई भौतिक कार्डहरू वा मोबाइल वालेट बोक्न नपर्ने अर्को विकल्प प्रदान गर्छ ।

    images
    images

    “एनआईएमबि पेवियर नेपालका लागि गेम–चेन्जर हो,” नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका वरिष्ठ डेप्युटी सीईओ महेश शर्मा ढकालले भने । “यो उत्पादनले हाम्रा ग्राहकहरूको भुक्तानी गर्ने तरिकालाई पूर्ण रूपले परिवर्तन गर्नेछ, उनीहरूलाई अतुलनीय सुविधा र गति प्रदान गर्दै उच्चतम सुरक्षा सुनिश्चित गर्नेछ। हामी नेपालमा पहिलो पटक यो प्रविधि प्रस्तुत गर्न पाउँदा उत्साहित छौं, जसले फेरि एकपटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई डिजिटल नवप्रवर्तनमा अग्रणीको रूपमा स्थापित गर्नेछ ।”

    नवीनतम भुक्तानी समाधान र थप सुरक्षा एनआईएमबि पेवियरले ग्राहकहरूलाई आफ्नो घडी, की–चेन, फोन केसजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न अनुमति दिन्छ, जसले यसलाई धेरै बहुउपयोगी र सुविधाजनक बनाउँछ ।

    ग्राहकहरूले कुनै पनि सम्पर्करहित पीओएस टर्मिनलमा उपकरण ट्याप गरेर छिटो र सुरक्षित दैनिक कारोबार गर्न सक्छन् । नेपाल राष्ट्र बैंकका नियमहरूको पालना गर्दै, ५,००० रुपियाँभन्दा माथिका सम्पर्करहित भुक्तानीमा अतिरिक्त सुरक्षा उपायको रूपमा पिनको आवश्यकता पर्छ ।

    बैंकले २७५ शाखा, २६५ एटीएम, र ४,००० भन्दा बढी पीओएस टर्मिनलहरू सञ्चालन गरिरहेको जनाएको छ । साथै बैंकले ६५ वटा विस्तार–राजस्व संकलन काउन्टरहरू र ७७ शाखाविहीन बैंकिङ आउटलेटहरू मार्फत सेवाहरू प्रदान गर्दै आएको छ, जसले ग्राहकहरूको पहुँचलाई देशभर फैलाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend