images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • स्वास्थ्य शिक्षा विस्तार गर्दै नेपाली सेना...

स्वास्थ्य शिक्षा विस्तार गर्दै नेपाली सेना : पीएचडी तहको पढाइ सुरु

स्वास्थ्य शिक्षा विस्तार गर्दै नेपाली सेना : पीएचडी तहको पढाइ सुरु

images
images
मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३
  • काठमाडौं । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/ एम सिएसतर्फ तीन विधामा विद्यावारिधि तहको पठनपाठन हुने भएको छ । ती विधामा डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एम सिएस युरोलोजी विषय छन् ।संस्थानका कार्यकारी निर्देशक उपरथी प्रा डा देवेन्द्रबहादुर खत्रीले भने, “विद्यावाधि तह डिएम/एम सिएसतर्फ डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एमसिएस युरोलोजी विषयमा पठनपाठन गर्न स्वीकृति प्राप्त भएको छ । अब छिट्टै पठनपाठन थालनी हुने छ ।”

    images
    images

    संस्थानअन्तर्गत हाल स्नातक तहमा पाँच कार्यक्रम (एमबिबिएस, बिपिएच, विएस्सी एमएलटी, बिएनएस विएस्सी तथा नर्सिङ कार्यक्रम) सञ्चालित छन् भने स्नातकोत्तर तह एमडी /एमएसतर्फ १८ विषय तथा एएनतर्फ विभिन्न पाँच विषयको पठनपाठन हुँदै आएको छ ।हाल स्नातक विषयमा एक हजार २१५ र स्नातकोत्तर तहअन्तर्गत विभिन्न विधामा २६५ विद्यार्थी अध्ययनरत छन् । ती स्नातक विषयमा एक हजार ५९२ विद्यार्थी दीक्षित भएका छन् । कार्यकारी निर्देशक उपरथी प्रा डा खत्रीका अनुसार स्वास्थ्य विज्ञान संस्थानमा स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहका शैक्षिक कार्यक्रमको सञ्चालन गरिएसँगै संस्थानद्वारा सञ्चालित शिक्षण अस्पताल वीरेन्द्र अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवासहित समग्र स्वास्थ्य सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आएको छ ।

    संस्थानले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा ब्याचलर इन फिजियोथेरापी, ब्याचलर इन फार्मेसी कार्यक्रम थप गर्ने तयारी गरेको छ । संस्थानका कार्यकारी निर्देशक उपरथी प्रा डा खत्रीले भने, “संस्थानको शैक्षिक दायरालाई समयानुकूल विस्तार गर्ने योजना रहेको छ । संस्थानले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा ब्याचलर इन फिजियोथेरापी, ब्याचलर इन फार्मेसी कार्यक्रम थप गर्ने तयारी गरेको छ ।आवश्यक गृहकार्य सकेर सम्बन्धित निकायमा स्वीकृतिका लागि पेस गरेका छौँ । स्नातक कार्यक्रम ब्याचलर इन डेन्टल सर्जरी, ब्याचलर इन ओप्टोमेट्री तथा स्नातकोत्तर तहका कार्यक्रम एमडी इमरजेन्सी मेडिसियन, एमएस्सी एमएलटी बायोकेमेट्री, एमएस्सी एमएलटी माइक्रोबायोलोजी तथा फेलेशीप इन अन्कोइमेजिङलगायतका कार्यक्रम सञ्चालन गर्न आवश्यक पहल तथा समन्वय भइराखेको छ । यसका लगि आवश्यक पूर्वाधार तयारी तीव्र छ ।”हाल सस्थानमा ३८ प्राध्यापक, ६८ सह प्राध्यापक,१४२ उप प्राध्यापक सेवारत रहेका छन् । सस्थानबाट प्रकाशित मेडिकल जर्नलले अन्तराष्ट्रिय तहमा उच्च स्थानका साथ मान्यता पाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend