images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • नयाँ अध्ययन: तौल घटाउने औषधिले क्यान्सर...

नयाँ अध्ययन: तौल घटाउने औषधिले क्यान्सर जोखिम कम गर्न सक्ने

नयाँ अध्ययन: तौल घटाउने औषधिले क्यान्सर जोखिम कम गर्न सक्ने

images
images
सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • काठमाडौँ । ओजेम्पिक र वेगोभीजस्ता औषधिको नाम विश्वभर तौल घटाउन र मधुमेह नियन्त्रण गर्न प्रयोग भइरहेका छन्। यी औषधिले अब क्यान्सर बिरामीका लागि पनि फाइदा पुर्‍याउन सक्ने सङ्केत देखिएको छ। हालै सार्वजनिक भएका केही अनुसन्धानले यी औषधिले क्यान्सर बिरामीको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउन सक्ने देखाएका छन्। वैज्ञानिकहरूका अनुसार यी औषधिहरू केवल मोटोपना र मधुमेह नियन्त्रणमा मात्र सीमित छैनन्। 

    images
    images

    अध्ययनमा यस्ता औषधि सेवन गरिरहेका क्यान्सर बिरामीहरूमा रोगसँग सम्बन्धित नतिजा तुलनात्मक रूपमा राम्रो देखिएको उल्लेख गरिएको छ। यी औषधिलाई चिकित्सकीय भाषामा जीएलपी–१ रिसेप्टर एगोनिस्ट भनिन्छ।अनुसन्धानकर्ताहरूले औँल्याएअनुसार, यी औषधि प्रयोग गर्ने बिरामीहरूमा क्यान्सरको जोखिम कम देखिएको छ भने बाँच्ने सम्भावना पनि बढेको पाइएको छ। मोटोपना स्तन क्यान्सर, कोलोरेक्टल क्यान्सर तथा प्यान्क्रियाटिक क्यान्सरजस्ता विभिन्न प्रकारका क्यान्सरको प्रमुख कारणमध्ये एक भएको विशेषज्ञहरू बताउँछन्। यी औषधिले शरीरको तौल र अतिरिक्त बोसो कम गर्दा शरीरभित्रको इन्फ्लामेशन (सुन्निएको) घट्ने बताइएको छ। सुन्निएको कम हुँदा क्यान्सरका कोषिकाहरूलाई बढ्न कठिन हुने अनुसन्धानकर्ताहरूको भनाइ छ।

    विशेषज्ञहरूका अनुसार क्यान्सरसँग सङ्घर्ष गरिरहेका बिरामीको शरीर पहिले नै कमजोर अवस्थामा हुन्छ। त्यसमाथि मधुमेह वा मोटोपनाको समस्या पनि छ भने उपचार झन् जटिल बन्न सक्छ। यस्तो अवस्थामा यी औषधिले एकैपटक विभिन्न पक्षमा काम गर्ने विश्वास गरिएको छ। यी औषधिले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्ने भएकाले क्यान्सर कोषिकालाई आवश्यक ग्लुकोज कम उपलब्ध हुन्छ। साथै, तौल घट्दा बिरामीको प्रतिरक्षा प्रणाली पनि मजबुत बन्ने र शरीरको समग्र स्वास्थ्यमा सुधार आउने बताइएको छ।यद्यपि, विशेषज्ञहरूले यी औषधिलाई क्यान्सरको मुख्य उपचार भने नमनेको स्पष्ट पारेका छन्। क्यान्सर उपचारका लागि किमोथेरापी, रेडिएसन वा शल्यक्रियाकै आवश्यकता रहनेछ। तर, यी औषधिले उपचारको प्रभावकारिता बढाउन सहयोग पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ। 

    images
    images

    यसअघि भएका अध्ययनहरूले यस्ता औषधिले हृदयाघात र स्ट्रोकको जोखिम पनि कम गर्न सक्ने देखाएका थिए। अहिले क्यान्सर बिरामीसँग सम्बन्धित नयाँ अनुसन्धान सार्वजनिक भएपछि चिकित्सकहरू थप आशावादी बनेका छन्।तर, डाक्टरहरूले यस्ता औषधि चिकित्सकीय सल्लाहबिना प्रयोग नगर्न आग्रह गरेका छन्। विशेषज्ञहरूका अनुसार औषधिको प्रयोग सधैँ स्वास्थ्यकर्मीको निगरानीमा मात्र गर्नुपर्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend