images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • सामसङ नेपालद्वारा ‘सामसुङ सेभिङ डे’ अफर...

सामसङ नेपालद्वारा ‘सामसुङ सेभिङ डे’ अफर सार्वजनिक

सामसङ नेपालद्वारा ‘सामसुङ सेभिङ डे’ अफर सार्वजनिक

images
images
सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • काठमाडौँ । सामसुङ नेपालले “सामसुङ सेभिङ डे” अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत ग्राहकहरूले वाशिंग मेशिन र रेफ्रिजरेटर खरिदमा आकर्षक छुट तथा सजिलो इएमआइ सुविधाको लाभ लिन सक्नेछन्।कम्पनीका अनुसार यो योजना मे २१ देखि जुलाई १९, २०२६ सम्म सञ्चालन हुनेछ। घरायसी उपकरण अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ल्याइएको यस अफरमा छानिएका वाशिंग मेशिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ।

    images
    images

    त्यसैगरी, ग्राहकहरूले २४ महिनासम्मको विस्तारित EMI सुविधामार्फत पनि उपकरण खरिद गर्न सक्नेछन्। वाशिंग मेशिनको मासिक किस्ता रु. १,३७० देखि तथा रेफ्रिजरेटरको किस्ता रु. १,४०८ देखि सुरु हुने कम्पनीले जनाएको छ।अफर अन्तर्गत AI Ecobubble Washer Dryer, Front Load, Fully Automatic Top Load तथा Semi Automatic Top Load वाशिंग मेशिनमा छुट उपलब्ध हुनेछ। त्यस्तै SBS, 5 in 1, Double Door र Single Door रेफ्रिजरेटर मोडलहरूमा पनि विशेष क्यासब्याक अफर लागू गरिएको छ।यो योजना Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत उपलब्ध गराइनेछ। ग्राहकहरूले १२ वा २४ महिनाको EMI योजनामा उपकरण खरिद गर्न सक्नेछन्।

    साथै, नयाँ सामसुङ होम अप्लायन्स खरिद गर्न चाहने ग्राहकहरूले अर्काे स्टाेर तथा देशभरका अधिकृत सामसुङ रिटेल स्टोरमार्फत पुराना उपकरण एक्सचेन्ज गर्न सक्ने व्यवस्था पनि गरिएको छ।कम्पनीले अफरसम्बन्धी थप जानकारीका लागि नजिकको अधिकृत सामसुङ स्टोरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend