काठमाडौं । अग्रणी प्रविधि ब्रान्ड साओमीले कृत्रिम एआई मा आधारित दुई नयाँ इन्टरनेट अफ थिङ्स (एआईओटी) उपकरण साओमी ट्याग र रेड्मी हेडफोन्स नियो सार्वजनिक गरेको छ । यी उपकरणहरू दैनिक जीवनलाई अझ स्मार्ट, सरल र सहज बनाउन डिजाइन गरिएका हुन् ।रेड्मी हेडफोन नियो कालो र हल्का सेतो (स्यान्ड ह्वाइट) रंगमा उपलब्ध छ । यसको मूल्य १२ हजार ९९९ रुपैयाँ र साओमी ट्यागको मूल्य २ हजार ९९९ रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।केवल १० ग्राम तौल भएको साओमी ट्याग चाबी, पर्स, झोला तथा सुटकेसजस्ता व्यक्तिगत सामानहरू सजिलै पत्ता लगाउन उपयोगी उपकरण भएको कम्पनीले जनाएको छ ।
विशेष ट्र्याकिङ अनुप्रयोगमार्फत यसलाई विभिन्न उपकरणहरूसँग प्रयोग गर्न सकिन्छ, जसले हराएको सामानको स्थान अझ सटीक रूपमा पत्ता लगाउन मद्दत गर्छ ।यदि कुनै सामान हराएमा ‘लस्ट मोड’ सक्रिय गरेर त्यसलाई हराएको रूपमा पहिचान गर्न सकिन्छ । त्यसपछि उक्त सामान कसैले फेला पारेमा मालिकको सम्पर्क विवरण देखिने भएकाले सामान फिर्ता पाउन सहज हुन्छ । यसले अपरिचित स्थानमा पुगेको अवस्थामा सूचना पनि पठाउँछ । प्रयोगकर्ताले बारम्बार जाने स्थानहरू पहिले नै सेट गर्न सक्ने भएकाले अनावश्यक सूचनाबाट बच्न पनि मद्दत गर्छ ।सुरक्षित र भरपर्दो प्रयोगका लागि यसमा सांकेतिक रूपमा सुरक्षित ट्र्याकिङ प्रणाली, अनधिकृत ट्र्याकिङसम्बन्धी चेतावनी प्रणाली तथा एक वर्षसम्म टिक्ने परिवर्तन गर्न मिल्ने ब्याट्रीको सुविधा रहेको छ । आईपी ६७ क्षमताका कारण धुलो तथा पानी प्रतिरोधी क्षमताका कारण यसले घाम, पानी, धुलो तथा दैनिक प्रयोगका सामान्य झट्का र साना दुर्घटनाहरू सहजै सहन सक्छ । हराएको सामान खोज्न थप सहयोगका लागि यसलाई अन्य व्यक्तिसँग पनि जोड्न गर्न सकिन्छ ।
रेड्मी हेडफोन नियोले दैनिक रूपमा अझ स्मार्ट, गहिरो र अवरोधरहित सुनाइ अनुभव दिने कम्पनीले जनाएको छ । यसमा ४२ डेसिबलसम्मको अनुकूलनशील सक्रिय ध्वनि नियन्त्रण सुविधा रहेको छ, जसले वरपरका अनावश्यक आवाजलाई प्रभावकारी रूपमा कम गर्छ ।कम्पनीका अनुसार, उच्च गुणस्तरको तारयुक्त अडियो सुविधाले ध्वनिलाई अझ स्पष्ट र समृद्ध बनाउँछ भने ४० मिलिमिटरको गतिशील ड्राइभरले गहिरो बास, शक्तिशाली ध्वनि र पूर्ण श्रव्य अनुभव प्रदान गर्छ । पूर्ण चार्जमा ७२ घण्टासम्म ब्याट्री टिक्ने भएकाले लामो समयसम्म बारम्बार चार्ज नगरी प्रयोग गर्न सकिन्छ ।यसमा एआईमा आधारित ध्वनि शुद्धीकरण प्रणालीसहितका तीनवटा माइक्रोफोन रहेका छन्, जसले फोन कललाई अझ स्पष्ट र भरपर्दो बनाउँछन् ।




.gif)





