images

२०८३ आश्विन २२ गते

images
images
images

दसैँ–तिहारमा दुई करोड ९२ लाखको खसीबोका बिक्री

दसैँ–तिहारमा दुई करोड ९२ लाखको खसीबोका बिक्री

images
images
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौं ।दाङमा महिला उद्यमीले करिव तीन करोड मूल्य बराबरको खसीबोका बिक्री गरेका छन् । दसैँ–तिहार पर्वको अवसरमा जिल्लाका आठवटा सामाजिक उद्यमी महिला सहकारीमार्फत दुई करोड ९२ लाख ७० हजार नौसय ५८ रुपियाँ मूल्यको खसीबोका बिक्री गरेका हुन् ।

    images
    images

    जसमा एक हजार छसय ६८ वटा खसीबोका बिक्री भएका छन् । जिल्लामा सबैभन्दा धेरै खसीबोका बिक्री गर्नेमा लमही नगरपालिका –९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था रहेको छ । कर्मठले एक करोड आठ लाख ५० हजार दुईसय १७ रुपिया पाँच पैसा रुपियाँको पाँचसय ८७ वटा खसीबोका बिक्री गरेको छ । 

    त्यसैगरी, लमही नगरपालिका –७ कप्तानगञ्जमा रहेको विपन्न सामाजिक उद्यमी महिला सहकारी संस्थाले ६८ लाख ३४ हजार सातसय २२ रुपियाँको चारसय एक वटा, लमहीकै वडा १ सुनडबरीमा रहेको नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३६ लाख २३ हजार एकसय ४५ रुपियाँको दुईसय सात वटा खसीबोका बिक्री गरेका हुन । 

    images
    images

    त्यसैगरी राजपुर गाउँपालिका –५ जंग्रहवामा रहेको बेला राजपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३६ लाख ७३ हजार चारसय ६६ रुपियाको दुईसय एक, गढवा गाउँपालिका –६ गढवामा रहेको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाले २८ लाख ४७ हजार ९० रुपियाँको एकसय ७० वटा खसीबोका बिक्री गरेका छन् ।

    त्यस्तै, लमही नगपालिका –२ केरुनियामा रहेको समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थाले आठ लाख तीन हजार ४५ रुपियाँ मूल्यको ४७ वटा, घोराही उपमहानगरपालिका –२ झिङ्नीमा रहेको सुधार सामाजिक उद्यमी महिला सहकारी संस्थाले तीन लाख ६६ हजार सातसय तीन रुपियाँको २० वटा र घोराही उपमहानगरपालिका –१३ वनगाउँमा रहेको ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुई लाख ७१ हजार ७६ रुपियाँको २० वटा खसीबोका बिक्री गरेका हुन् । 

    गाउँ–गाउँमा महिला उद्यमीले उत्पादन गरेका खसीबोका तुलसीपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँगै व्यवसायीले खरिद गरेका हुन् । जिल्लामा खरिद गरेका खसीबोका काठमाडौं लगायतका विभिन्न ठाउँमा पठाउने गरेका छन् । 

    सहकारी संस्थाले महिला उद्यमीलाई बाख्रापालनदेखि बजारीकरणमा सहयोग गरेपछि जिल्लामा खसीबोकाको उत्पादनमा वृद्धि भएको भन्दै ग्रामीण महिला तथा उत्थान केन्द्र र हेफर इन्टरनेशनल नेपालद्वारा सञ्चालित आइएएलभिसी परियोजनाका बजार सहजकर्ता मगरले भन्नुभयो, ‘पहिलेको तुलनामा पछिल्लो समय जिल्लामा व्यावसायिक रूपमा खसीबोका उत्पादन बढ्दैगएको छ । यसले महिलालाई आत्मनिर्भर बन्न सहयोग गरेको छ ।’  

    गाउँघरमा महिलाले पालेका खसीबोका सहकारी संस्थाले बजारीकरणमा सहयोग गर्न थालेपछि व्यावसायिक रूपमा बाख्रापालन बढ्दै गएको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका बजार व्यवस्थापक हेमनारायण चौधरीले बताउनुभयो । 

    बजार व्यवस्थापक चौधरीका अनुसार सहकारीमा आबद्ध प्रत्येक सदस्यले कम्तिमा ४–५ देखि ३५–४० वटासम्म माउबाख्रा पाल्ने गरेका छन् । तिनै माउबाख्राबाट उत्पादन भएका बोका र खसी बिक्री गरेर राम्रो आम्दानी गर्दैआएको चौधरीले बताउनुभयो । 

    बाख्रापालनका लागि प्रशस्त घाँस पाइने र बिक्रीमा समस्या नहुने भएपछि महिला व्यावसायिक बाख्रापालनमा जोडिएको लमही नगरपालिका –७ कप्तानगञ्ज निवासी सीता पुनको भनाइ छ । बाख्रापालनमा लाग्दा राम्रो आम्दानी भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘महिलाले पालेका खसीबोकाको बजारीकरणमा सहकारी संस्थाले सहयोग गर्न थालेपछि गाउँघरमा आफुजस्तै धेरै महिलाले बाख्रापालन गरेर आम्दानी गरिरहेका छौ ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend