images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • अमेरिकी नाकाबन्दीका कारण सयभन्दा बढी जहाजको...

अमेरिकी नाकाबन्दीका कारण सयभन्दा बढी जहाजको मार्ग परिवर्तन

अमेरिकी नाकाबन्दीका कारण सयभन्दा बढी जहाजको मार्ग परिवर्तन

images
images
आइतवार, जेठ १० २०८३
आइतवार, जेठ १० २०८३
  • वासिङ्टन डीसी । अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजबाट सयभन्दा बढी व्यापारिक जहाजहरूको मार्ग परिवर्तन गराएको छ । अमेरिकी मध्य कमान्ड (सेन्टकम) ले शनिबार जारी गरेको विज्ञप्तिमा यस्तो बताइएको हो । यो कदम इरानी बन्दरगाहहरूमाथि लगाइएको अमेरिकी नाकाबन्दीको हिस्सा भएको विज्ञप्तिमा भनिएको छ । अमेरिकाको यो नाकाबन्दी इरानविरुद्ध जारी दबाब अभियानअन्तर्गत गरिएको हो । अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर ब्राड कुपरलेले नाकाबन्दीले इरानलाई आर्थिक रूपमा चौपट पारेको दाबी गरेका छन् । 

    images
    images

    स्ट्रेटमा के गरिरहेछ इरान ? 

    यसबिच इरानले स्ट्रेट अफ होर्मुजमाथि आफ्नो सार्वभौमिक दाबी औपचारिक बनाउन नयाँ नियामक निकाय स्थापना गरेको छ । ‘पर्शियन गल्फ स्ट्रेट अथोरिटी ’(पीजीएसए) नामक उक्त निकायले स्ट्रेटको निगरानी इरानी सैन्य नियन्त्रणअन्तर्गत रहने दाबी गरेको छ ।पीजीएसएले सार्वजनिक गरेको नक्सामा संयुक्त अरब इमिरेट्स (युएई) र ओमानका केही समुद्री क्षेत्रसमेत इरानको सैन्य निगरानी क्षेत्रमा समावेश गरिएको देखाइएको छ । इरानले अब उक्त रणनीतिक स्ट्रेट प्रयोग गर्ने जहाजहरूले पीजीएसएबाट समन्वय र अनुमति लिनुपर्ने जनाएको छ । साथै स्ट्रेटबाट सुरक्षित रूपमा पार गराउन जहाजहरूबाट शुल्क उठाउने प्रयास पनि गरिएको बताइएको छ ।अमेरिकी अर्थ मन्त्रालयले भने इरानद्वारा लगाइने शुल्क तिर्ने कम्पनी वा व्यक्तिहरू अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend