images

२०८३ आश्विन १७ गते

images
images
images
अर्थसमाचार संवाददाता

बियान्का एडलरको सगरमाथा सफलताः महिला सशक्तिकरणको प्रेरणा

बियान्का एडलरको सगरमाथा सफलताः महिला सशक्तिकरणको प्रेरणा

images
images
शनिवार, जेठ ९ २०८३
शनिवार, जेठ ९ २०८३
  • अष्ट्रेलिया । ‘फलाङ खाद्य शब्दकोश’का लागि परिचित शिव न्यौपाने ले अष्ट्रेलियाली किशोरी बियान्का एडलर को सगरमाथा आरोहणलाई महिला सशक्तिकरणको महत्वपूर्ण उदाहरणका रूपमा व्याख्या गरेका छन्।

    images
    images

    मेलबर्नमा बसोबास गर्दै आएका न्यौपानेले बियान्काको सफलताले अष्ट्रेलियाली युवामा मात्र नभई नेपाल जस्तो पितृसत्तात्मक समाजमा पनि गहिरो सन्देश दिएको बताएका छन्। उनका अनुसार नेपालमा शेर्पा समुदाय बाहेक अधिकांश अभिभावकले छोरीहरूलाई सगरमाथा आरोहण जस्ता जोखिमपूर्ण अभियानमा सहजै अनुमति दिने चलन छैन।

    १८ वर्षीया बियान्काले सगरमाथा आरोहण गरेर महिलाहरू पनि पुरुषसरह सक्षम र साहसी हुन्छन् भन्ने सन्देश दिएको न्यौपानेले उल्लेख गरेका छन्।

    images
    images

    उनले बियान्काको उपलब्धिले महिलाप्रति समाजको दृष्टिकोण परिवर्तन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै साहसी कदमका लागि बधाई समेत दिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend