ओखलढुंगा । विश्वको सर्वोच्च शिखर सगरमाथा मा सन् २०२६ को वसन्तकालीन आरोहण सिजन इतिहासकै सबैभन्दा कीर्तिमानी बनेको छ। यस वर्ष ४९४ विदेशी आरोहीले अनुमति पाएका थिए भने जेठ ६ गते एकै दिन २७४ जनाले शिखर चुम्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।
पर्यटन विभाग का अनुसार यस सिजनमा सगरमाथाबाट मात्रै १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। चीनले तिब्बततर्फको मार्ग बन्द गरेपछि विश्वभरका आरोहीहरूको चाप नेपालतर्फ बढेको थियो।
यस सिजनमा नेपाली आरोही कामीरिता शेर्पा ले ३२ औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नो विश्व कीर्तिमानलाई थप मजबुत बनाए भने पासाङ दावा शेर्पा ले ३१ औँ सफल आरोहण पूरा गरेका छन्।
यस्तै लाक्पा शेर्पा ले ११ औँ पटक सगरमाथा चढ्दै सर्वाधिक आरोहण गर्ने महिला पर्वतारोहीको कीर्तिमान कायम गरिन्। नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठ ले छैटौँ पटक सगरमाथा आरोहण गर्दै नयाँ उपलब्धि हासिल गरेकी छन्।
यसैबीच, नेपालस्थित अमेरिकी दूतावासका अधिकारी माइक हार्कर सगरमाथा आरोहण गर्ने पहिलो बहालवाला अमेरिकी कूटनीतिज्ञ बनेका छन्। साथै भारत–तिब्बत सीमा पुलिसका ११ महिला सुरक्षाकर्मीले पनि सफल आरोहण गर्दै इतिहास रचेका छन्।
यद्यपि अत्यधिक भीडका कारण ‘डेथ जोन’ मा ट्राफिक जाम सिर्जना हुँदा दुई भारतीय आरोहीसहित सात जनाको ज्यान गएको पर्यटन विभागले जनाएको छ।
विश्वका प्रतिष्ठित सञ्चारमाध्यमहरूले यस वर्षको सगरमाथा आरोहणलाई मानव साहस, पर्यटन र कीर्तिमानको ऐतिहासिक सिजनका रूपमा चित्रण गरेका छन्।




.gif)





