images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • टेलि डिजिटलद्वारा नेपालमा व्हाट्सएप बिजनेस एपीआईसम्बन्धी...

टेलि डिजिटलद्वारा नेपालमा व्हाट्सएप बिजनेस एपीआईसम्बन्धी विशेष कार्यक्रम आयोजना

टेलि डिजिटलद्वारा नेपालमा व्हाट्सएप बिजनेस एपीआईसम्बन्धी विशेष कार्यक्रम आयोजना

images
images
शुक्रवार, जेठ ८ २०८३
शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौं । रमेश कर्प अन्तर्गतको टेलि डिजिटल सर्भिसेस प्रा.लि. ले मेटासँगको सहकार्यमा जेठ ७ गते ‘द कनभरफरेन्स’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली व्यवसायहरूलाई संवादात्मक व्यापारको सम्भावना र ह्वाट्सएप बिजनेस एपीआईको उपयोगबारे जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपालका विभिन्न कर्पोरेट क्षेत्रका व्यवसायिक नेतृत्वकर्ता, ब्रान्ड मार्केटर तथा डिजिटल निर्णयकर्ताहरूको सहभागिता रहेको थियो ।नेपालको डिजिटल क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको यस कार्यक्रममा मेटाका एपीएसी क्षेत्रीय साझेदारी प्रबन्धक अलबर्ट टियोङले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । उनको उपस्थितिले नेपाललाई संवादात्मक व्यापारका लागि उदाउँदो तथा रणनीतिक रूपमा महत्वपूर्ण बजारका रूपमा मेटाले लिएको प्राथमिकतालाई झल्काएको थियो । 

    images
    images

    ‘द कनभरफरेन्स’ कार्यक्रममा नेपालका प्रतिष्ठित कम्पनीका उच्च अधिकारीहरू सहभागी भएका थिए । कार्यक्रममा ह्वाट्सएप बिजनेस एपीआई मार्फत ग्राहक सेवा, लिड जेनेरेसन, बिक्री रूपान्तरण, ग्राहक टिकाइ राख्ने रणनीति तथा व्यक्तिगत स्तरको संवादलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।कार्यक्रममा विश्वव्यापी व्यवसायिक म्यासेजिङ प्रवृत्तिबारे जानकारी दिँदै मेटाका म्यासेजिङ प्लेटफर्महरूमा प्रत्येक साता एक अर्बभन्दा बढी मानिस व्यवसायसँग जोडिने तथ्य प्रस्तुत गरिएको थियो । ह्वाट्सएप व्यापक रूपमा प्रयोग भइरहेका कारण नेपाली व्यवसायहरूले एसएमएस र इमेलजस्ता परम्परागत माध्यमभन्दा बाहिर गएर प्रत्यक्ष, विश्वासिलो तथा मापनयोग्य ग्राहक संवादको अवसर उपयोग गर्न सक्ने विषय कार्यक्रममा विशेष रूपमा उठाइएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend