images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • होर्मुजबाट निस्किए ६० लाख ब्यारेल तेल...

होर्मुजबाट निस्किए ६० लाख ब्यारेल तेल बोकेका सुपर ट्याङ्कर

होर्मुजबाट निस्किए ६० लाख ब्यारेल तेल बोकेका सुपर ट्याङ्कर

images
images
बिहिवार, जेठ ७ २०८३
बिहिवार, जेठ ७ २०८३
  • तेहरान । स्ट्रेट अफ होर्मुज हुँदै पश्चिम एसियाबाट एसियाली बजारतर्फ कच्चा तेल ढुवानी गर्ने गतिविधि फेरि सुरु भएको सङ्केत देखिएको छ । दुई महिनाभन्दा बढी समय खाडी क्षेत्रमा रोकिएका तीन वटा विशाल सुपर ट्याङ्कर बुधबार स्ट्रेट अफ होर्मुज पार गर्दै बाहिर निस्किएका छन् ।यी जहाजहरूमा करिब ६० लाख ब्यारेल कच्चा तेल रहेको अन्तर्राष्ट्रिय ढुवानी तथ्याङ्कले देखाएको छ । यसैबिच अर्को एउटा सुपर ट्याङ्कर खाडी क्षेत्रमा प्रवेश गरिरहेको बताइएको छ । यी जहाजहरू इरानले निर्देशन दिएको विशेष ट्रान्जिट मार्ग प्रयोग गर्दै स्ट्रेट पार गरिरहेका केही सीमित जहाजमध्ये पर्दछन् ।

    images
    images

    इरानविरुद्ध अमेरिका र इजरायलले फेब्रुअरी २८ मा सुरु गरेको युद्धपछि स्ट्रेट अफ होर्मुजमा जहाज आवतजावत अत्यन्त प्रभावित भएको छ । विश्वको करिब पाँचौँ भाग तेल तथा ऊर्जा आपूर्ति यही मार्गबाट हुने भएकाले यो क्षेत्र विश्व अर्थतन्त्रका लागि अत्यन्त संवेदनशील मानिन्छ ।तथ्याङ्कअनुसार दक्षिण कोरियाली झन्डा बोकेको ‘युनिभर्सल विनर’ नाम गरेको विशाल तेलवाहक जहाजले मार्च ४ मा कुवेत बाट २० लाख ब्यारेल कच्चा तेल लोड गरेको थियो । लामो समयपछि उक्त जहाज बुधबार जलडमरूमध्य पार गर्दै बाहिरिएको हो । जहाज ट्र्याकिङ कम्पनी केप्लरका अनुसार यो जहाज दक्षिण कोरियाको यूस्लानतर्फ गइरहेको छ । यहाँ दक्षिण कोरियाकै ठुलो रिफाइनरी कम्पनी एकसे इनर्जी रहेको छ । जहाजले जुन ९ मा तेल अनलोड गर्ने अपेक्षा गरिएको छ । यसअघि दुई चिनियाँ तेलवाहक जहाज पनि यही मार्ग हुँदै बाहिरिएका थिए ।

    युद्ध सुरु हुनुअघि स्ट्रेट अफ होर्मुज हुँदै दैनिक १२५ देखि १४० जहाज आवतजावत गर्थे । तर हाल यो सङ्ख्या अत्यन्त कम भएको छ । रिपोर्टअनुसार अहिले दैनिक औसत १० वटा जहाज मात्र स्ट्रेट पार गरिरहेका छन् । तीमध्ये धेरैजसो साना कार्गो जहाज, रसायन बोकेका जहाज तथा तरलीकृत पेट्रोलियम ग्यास ट्याङ्कर रहेका छन् । कच्चा तेल बोकेका जहाजहरूको सङ्ख्या अझै निकै कम छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend