images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • पहिलो त्रैमासमा ज्योति विकास बैंकले कमायो...

पहिलो त्रैमासमा ज्योति विकास बैंकले कमायो १५ करोड ११ लाख रुपैयाँ नाफा, अन्य सूचकमा कस्तो छ प्रगती ?

पहिलो त्रैमासमा ज्योति विकास बैंकले कमायो १५ करोड ११ लाख रुपैयाँ नाफा, अन्य सूचकमा कस्तो छ प्रगती ?

images
images
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    images
    images

    बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा १९७ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ५ करोड ८ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १५ करोड ११ लाख रुपैयाँ पुगेको छ । 

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा रहेकोमा चालू आवमा बढेर १३ रुपैयाँ ७६ पैसा पुगेको छ । चालू आवमा कम्पनीको वितरणयोग्य नाफा भने २९ करोड ९१ लाख रुपैयाँ ऋणात्मक छ । 

    images
    images

    गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज ३३ करोड ६४ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर १८ करोड रुपैयाँमा झरेको छ । जसका कारण कम्पनीको सञ्चालन नाफा १९७ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा ७ करोड २५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर २१ करोड ५९ लाख रुपैयाँ पुगेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend