काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले आफ्ना अधिकांश प्रमुख वित्तीय सूचकहरुलाई बलियो बनाउँदै लगेको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । असोज मसान्तसम्मको अवधिमा बैंकले खुद नाफा ७९१.४३ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष यसले ४ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसाले बढेर १० रुपैयाँ ६४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ७२ पैसा रहेको छ




.gif)





