images

२०८३ आश्विन १८ गते

images
images
images

अमेरिका र इजरायललाई इरानको कडा चेतावनी

अमेरिका र इजरायललाई इरानको कडा चेतावनी

images
images
बुधवार, जेठ ६ २०८३
बुधवार, जेठ ६ २०८३
  • तेहरान । इरानको रिभोलुसनरी गार्ड्सले अमेरिका र इजरायलले पुनः आक्रमण सुरु गरेमा पश्चिम एसियामा जारी तनाव क्षेत्रीय सीमाभन्दा बाहिर फैलिने चेतावनी दिँदै कडा प्रतिक्रिया दिने वाचा गरेको छ । सम्भावित पुनः सङ्घर्षबारे बढ्दो आशङ्काबिच तेहरानले यस्तो कठोर सन्देश सार्वजनिक गरेको हो ।रिभोलुसनरी गार्ड्सले आफ्नो वेबसाइट ‘सेपाह न्युज’ मार्फत जारी गरेको विज्ञप्तिमा यदि इरानविरुद्ध आक्रमण दोहोरियो भने ‘यस पटकको क्षेत्रीय युद्ध अझ टाढासम्म फैलिनेछ’ र प्रतिशोधात्मक कारबाही अत्यन्त विनाशकारी हुनेछ भनिएको छ । विज्ञप्तिमा अमेरिकालाई लक्षित गर्दै कठोर शब्दमा चेतावनी दिइएको छ ।

    images
    images

    यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा दीर्घकालीन सम्झौता नभए वासिङ्टनले इरानमाथि पुनः सैन्य कारबाही गर्न सक्ने सङ्केत गरेका छन् । पछिल्लो समय दुवै पक्षबिच वार्ता प्रयाससँगै धम्कीपूर्ण अभिव्यक्तिहरू पनि तीव्र बनेका छन् ।फेब्रुअरी २८ बाट सुरु भएको भनिएको युद्धपछि दुवै पक्षले आ–आफ्ना प्रस्ताव आदानप्रदान गर्दै आएका छन् । अप्रिल ८ देखि अस्थायी युद्धविराम लागू भए पनि स्थायी समाधान अझै टुङ्गोमा पुगेको छैन ।रिभोलुसनरी गार्ड्सले जारी विज्ञप्तिमा ‘अमेरिकी–जायोनिस्ट शत्रु’ लाई सम्बोधन गर्दै उनीहरूले सम्पूर्ण सैन्य क्षमताको पूर्ण प्रयोग गरेर आक्रमण गरे पनि इरानले अझै आफ्नो पूर्ण शक्ति प्रदर्शन नगरेको दाबी गरिएको छ ।

    करिब ४० दिन लामो सङ्घर्षमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी लगायत शीर्ष नेताहरू मारिएको दाबी गरिएको छ, जसपछि तेहरानले विभिन्न क्षेत्रमा प्रतिकारस्वरूप क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू गरेको उल्लेख गरिएको छ ।अमेरिकी पक्षबाट मङ्गलबार सार्वजनिक भनाइअनुसार यदि सम्झौता नभए केही दिनभित्र पुनः आक्रमण सुरु हुन सक्ने चेतावनी दिइएको छ । राष्ट्रपति ट्रम्पले एक दिनअघि खाडी मुलुकका नेताहरूले उनलाई निश्चित समयमा आक्रमण रोक्न आग्रह गरेको दाबी पनि गरेका थिए । उनले ‘दुई–तीन दिन, सम्भवतः शुक्रबार वा आइतबार, वा अर्को हप्ताको सुरुआत’ भित्र निर्णय हुन सक्ने बताएका थिए ।इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा लेख्दै युद्धमा पुनः फर्कनु परेमा अझै ठूलो र अप्रत्याशित परिणाम देखा पर्ने चेतावनी दिएका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend