काठमाडौँ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले दुई अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हाे । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ५२ पैसा बढेर २९ रुपैयाँ ८३ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ ४८ पैसा छ ।




.gif)





