images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • प्रथम त्रैमाससम्ममा मुक्तिनाथ विकास बैंकले कमायो...

प्रथम त्रैमाससम्ममा मुक्तिनाथ विकास बैंकले कमायो २८ करोड १८ लाख नाफा, अन्य सूचक कस्तो ?

प्रथम त्रैमाससम्ममा मुक्तिनाथ विकास बैंकले कमायो २८ करोड १८ लाख नाफा, अन्य सूचक कस्तो ?

images
images
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौँ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

    images
    images

    बैंकले सार्वजनिक गरेको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले २८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २३.१७ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले २२ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    बैंकको सञ्चालन मुनाफा १७.७५ प्रतिशतले बढेर ४० करोड ३२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ३४ करोड २४ लाख रुपैयाँ थियो। ब्याज आम्दानी बढेर १ अर्ब ११ करोड ७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी १ अर्ब ४ करोड ४१ लाख रुपैयाँ थियो।

    images
    images

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १२.९९ रुपैयाँ थियो। पीई रेसियो २६.०१ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५४.१० रुपैयाँ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend