काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार पहिलो त्रैमाससमममा बैंकले आफ्ना अधिकांश प्रमुख वित्तीय सूचकहरुलाई बलियो बनाउँदै लगेको देखिएको छ ।
साउनदेखि असोज मसान्तसम्मको अवधिमा बैंकले १९ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा बैंकको मुनाफा ५० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसाले घटेर ५ रुपैयाँ ५८ पैसा (वार्षिक) कायम भएको छ । गत वर्ष प्रतिसेयर आदानी ११ रुपैयाँ ३४ पैसा (वार्षिक) रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६२ पैसा छ ।




.gif)





