काठमाडौँ । सामसङ नेपालले आफ्नो प्रिमियम स्मार्टफोन ग्यालेक्सी एस२६+ मा सीमित अवधिका लागि आकर्षक क्यासब्याक अफर ल्याएको छ । यस अफरले प्रिमियम स्मार्टफोन खरिद गर्न चाहने ग्राहकहरूलाई अझ बढी बचत र सजिलो खरिदको उत्कृष्ट विकल्प उपलब्ध गराउने छ ।
यो सीमित अवधिको योजना अन्तर्गत ग्यालेक्सी एस२६+ खरिद गर्दा ग्राहकहरूले २३ हजार रुपैयाँको तत्काल क्यासब्याक पाउने छन् । यस भारी क्यासब्याक अफरसँगै उक्त फोनको विशेष बजार मूल्य १ लाख ८२ हजार ९ सय ९९ रुपैयाँबाट घटेर अब मात्र १ लाख ५९ हजार ९ सय ९९ रुपैयाँ कायम भएको छ । कम्पनीका अनुसार यो क्यासब्याक अफर मे १९ देखि जुन ३१ सम्मका लागि मात्र मान्य हुनेछ ।स्मार्टफोनको खरिद प्रक्रियालाई अझ सरल र पहुँचयोग्य बनाउन सामसङ नेपालले एचएफएलमार्फत इन्स्टा फाइनान्सबाट २४ महिनासम्मको सजिलो ईएमआई सुविधा पनि उपलब्ध गराइरहेको छ । यस सुविधा अन्तर्गत ग्राहकले मासिक मात्र ४ हजार ३ सय ४१ रुपैयाँको सुरुवाती किस्ता तिरेर यो फोन खरिद गर्न सक्ने छन् ।
ग्राहकहरूले आवश्यक भेरिफिकेसनका लागि आफ्नो नागरिकता मात्र देखाएर यो किस्ताबन्दी सुविधा सजिलै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।




.gif)





