images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • समर्थकका लागि ट्रम्प प्रशासनले खोल्यो १...

समर्थकका लागि ट्रम्प प्रशासनले खोल्यो १ अर्ब ७७ करोड डलरको कोष

समर्थकका लागि ट्रम्प प्रशासनले खोल्यो १ अर्ब ७७ करोड डलरको कोष

images
images
मंगलवार, जेठ ५ २०८३
मंगलवार, जेठ ५ २०८३
  • वाशिङटन डीसी । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आफ्ना समर्थकहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन १ अर्ब ७७ करोड ६० लाख अमेरिकी डलर बराबरको विशेष कोष स्थापना गर्ने घोषणा गरेको छ । अमेरिकी न्याय मन्त्रालयले सोमबार सार्वजनिक गरेको यो निर्णयले अमेरिकी राजनीतिमा नयाँ बहस र विवाद जन्माएको छ ।यो कोष अघिल्लो प्रशासनका पालामा आफूलाई राजनीतिक रूपमा निशाना बनाइएको दाबी गरेका व्यक्तिहरूलाई राहत दिन बनाइएको बताइएको छ । ट्रम्प प्रशासनले यसलाई “राजनीतिक दुरुपयोगविरुद्धको कोष” नाम दिएको छ ।

    images
    images

    यो निर्णय ट्रम्पले आन्तरिक राजस्व सेवा (आईआरएस) विरुद्ध दायर गरेको १० अर्ब डलरको मुद्दा फिर्ता लिएलगत्तै आएको हो । ट्रम्प र उनका छोराहरू डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पले जनवरीमा आईआरएस र अमेरिकी ट्रेजरी विभागविरुद्ध मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा ट्रम्प पक्षले आफ्नो कर विवरण गोप्य राख्न आईआरएस असफल भएको आरोप लगाएको थियो ।ट्रम्प तथा ट्रम्प अर्गनाइजेशनको करसम्बन्धी गोप्य विवरण चुहावट भएपछि कानुनी कारबाही अघि बढाइएको थियो । यस प्रकरणमा आईआरएसका पूर्व ठेकेदार चाल्र्स लिटनजोनलाई ट्रम्प तथा हजारौं अन्य व्यक्तिको कर विवरण चुहाएको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।

    अमेरिकी न्याय मन्त्रालयका अनुसार ट्रम्प स्वयंले भने उक्त कोषबाट कुनै आर्थिक लाभ लिने छैनन् । तर उनले औपचारिक रूपमा माफीपत्र प्राप्त गर्नेछन् । ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै आफ्ना समर्थकहरू निर्दयी व्यवहारको शिकार बनेको दाबी गरेका थिए ।उनले भने, “उनीहरूलाई अत्यन्त नराम्रो व्यवहार गरिएको थियो । उनीहरूले कानुनी खर्च र धेरै पीडा सहनुपर्‍यो । अहिले त्यसको क्षतिपूर्ति दिइँदैछ ।”

    images
    images

    कसरी सञ्चालन हुनेछ कोष ?

    न्याय मन्त्रालयका अनुसार पाँच सदस्यीय आयोगले उक्त कोष सञ्चालन गर्नेछ । आयोगका सदस्यहरूको नाम अझै सार्वजनिक गरिएको छैन । तर एउटा महत्वपूर्ण पक्ष के हो भने आयोगका सदस्य हटाउने अधिकार राष्ट्रपति ट्रम्पसँग रहनेछ । यसले कोषको स्वतन्त्रतामाथि प्रश्न उठाएको छ ।दाबी पेश गर्न कुनै दलगत शर्त नरहने पनि मन्त्रालयले जनाएको छ । आवेदन प्रक्रिया सन् २०२८ डिसेम्बर १५ सम्म खुला रहनेछ, जुन ट्रम्पको दोस्रो कार्यकाल सकिनुभन्दा एक महिना अघिको समय हो ।

    ट्रम्पले विगत केही वर्षदेखि आफ्ना समर्थकहरूलाई राजनीतिक रूपमा सताइएको बताउँदै आएका छन् । यसमा सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटलमा भएको आक्रमणसँग सम्बन्धित करिब १ हजार ६०० अभियुक्तहरू पनि पर्न सक्ने विश्लेषण गरिएको छ ।यसका साथै ट्रम्पले रुसी मिलेमतो अनुसन्धानलगायत विभिन्न कानुनी अनुसन्धानलाई पनि राजनीतिक प्रतिशोधका रूपमा चित्रण गर्दै आएका छन् ।

    मर्थकहरूको प्रतिक्रिया

    ट्रम्पका निकट सहयोगी तथा माइपिलोका संस्थापक माइक लिन्डेलले आफू पनि उक्त कोषबाट लाभ लिन सक्ने बताएका छन् । उनले सीएनएनसँगको कुराकानीमा भने, “माइपिलो इतिहासकै सबैभन्दा बढी आक्रमण भएको कम्पनी हो । कम्पनीका कर्मचारीहरूले न्याय पाउनुपर्छ ।”यो निर्णयप्रति डेमोक्रेटिक नेताहरू, कानुनी विज्ञहरू तथा निगरानी संस्थाहरूले तीव्र आलोचना गरेका छन् । सिनेटमा अल्पमतका नेता चक शूमरले यसलाई “अत्यन्त भ्रष्ट र नैतिक रूपमा पतित कदम” भनेका छन् ।उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “ट्रम्पले आफ्नै समर्थकहरूलाई सरकारी पैसाबाट अरबौं डलर बाँड्न खोजिरहेका छन् । यो उनको सबैभन्दा भ्रष्ट कदममध्ये एक हो ।”

    त्यस्तै, नागरिक अधिकारसम्बन्धी संस्था पब्लिक सिटिजनका सह-अध्यक्षहरू लिसा गिल्बर्ट र रोबर्ट वेसम्यानले यो योजनालाई “जनवरी ६ भुक्तानी कोष”को संज्ञा दिएका छन् ।यो कोष कानुनी रूपमा टिकाउ हुन्छ वा हुँदैन भन्ने विषय अहिले प्रमुख बहस बनेको छ । ट्रम्पले मुद्दा दायर गरेपछि जिल्ला न्यायाधीश क्याथरिन विलियम्सले नै राष्ट्रपति स्वयंले आफ्नो नियन्त्रणमा रहेको सरकारी निकायविरुद्ध व्यक्तिगत क्षतिपूर्ति माग्नु उपयुक्त हो वा होइन भन्नेबारे प्रश्न उठाएकी थिइन् ।यसैबीच, ट्रम्पको कानुनी टोलीले मुद्दा फिर्ता लिएको जानकारी अदालतलाई दिएको केही मिनेटमै झण्डै १०० जना डेमोक्र्याट सांसदहरूले अदालतमा “न्यायालयका मित्र” निवेदन दर्ता गर्दै ट्रम्पमाथि “स्पष्ट स्वार्थपूर्ण व्यवहार” गरेको आरोप लगाएका छन् ।नीहरूले ट्रम्पले सरकारी शक्ति प्रयोग गरेर आफ्ना समर्थकहरूलाई आर्थिक लाभ दिलाउन खोजेको भन्दै अदालतले यो कदममाथि कडा निगरानी गर्नुपर्ने माग गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend