काठमाडौँ । गर्मी मौसमको सुरुवातसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ, बिहान पकाएको खानेकुरा बेलुकासम्म कसरी जोगाउने ?
बजारबाट महँगोमा किनेर ल्याएको हरियो तरकारी र फलफूल भोलिपल्टै ओइलाउने समस्या होस् वा घामबाट थाकेर आएका परिवारका सदस्यले खोज्ने एक गिलास चिसो पानी; यी साना तर दैनिक भोगाइले हाम्रो जीवनलाई प्रत्यक्ष रूपमा प्रभाव पारिरहेका हुन्छन् ।नेपाली परिवारको यही दैनिक सङ्घर्ष र भावनालाई गहिरोसँग बुझेको नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले उपभोक्ताको भान्साको चिन्तालाई पूर्ण रूपमा हटाउन ६० लिटरदेखि ५५० लिटरसम्म क्षमता भएका ४४ वटा विभिन्न मोडलका रेफ्रिजरेटरहरू बजारमा उपलब्ध गराइरहेको जनाएको छ ।
बजारमा धेरै विकल्पहरू भए तापनि नेपाली उपभोक्ताले सीजीलाई नै आफ्नो भान्साको अभिन्न अङ्ग बनाउनुका पछाडि यसको विशेष प्रविधि र किफयतीपना मुख्य कारण हुन् ।सीजीका रेफ्रिजरेटरमा प्रयोग गरिएको ‘मल्टी-एयर फ्लो’ र ‘फास्ट कुलिङ’ प्रविधिले खानेकुराको ताजापन र पोषणलाई लामो समयसम्म जीवित राख्छ, जसले गर्दा गर्मीमा खानेकुरा छिट्टै बिग्रिएर फाल्नुपर्ने बाध्यता हट्छ ।साथै, फ्रिज चलाउँदा बिजुलीको बिल धेरै आउँछ कि भन्ने डरलाई यसमा रहेको ‘स्मार्ट इन्भर्टर प्रविधि’ ले समाधान गरिदिएको छ । यसले आवश्यकताअनुसार मात्र कुलिङ गरी भारी ऊर्जा बचत गर्ने हुँदा उपभोक्तालाई आर्थिक भार पर्दैन।उपभोक्ताको फरक-फरक आवश्यकता र बजेटलाई ध्यानमा राख्दै सीजीले ४४ वटा मोडलको ‘मेगा लाइनअप’ बजारमा ल्याएको छ ।
कोठा भाडामा बस्ने विद्यार्थी वा सानो परिवारका लागि विद्युत् खपत कम गर्ने र छिट्टै बरफ जम्ने ६० लिटरदेखि २३० लिटरसम्मका ३३ वटा ‘सिंगल डोर’ मोडलहरू उपलब्ध छन् ।त्यस्तै, मध्यम र संयुक्त परिवारका लागि हप्ताभरिको तरकारी र फलफूल एकैपटक भण्डारण गर्न मिल्ने २२० लिटरदेखि ३५० लिटरसम्मका ९ वटा ‘फ्रस्ट-फ्री’ डबल डोर मोडलहरू रहेका छन् ।विलासी र प्रिमियम अनुभवका लागि कम्पनीले ५२० लिटरको ‘मल्टी-डोर’ र ५५० लिटरको ‘साइड-बाइ-साइड’ रेफ्रिजरेटरहरू समेत उपलब्ध गराएको छ, जसले आधुनिक भान्साको सौन्दर्यलाई अझ निखार्ने काम गर्दछ ।




.gif)





