images

२०८३ आश्विन १८ गते

images
images
images

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

images
images
आइतवार, जेठ ३ २०८३
आइतवार, जेठ ३ २०८३
  • तुलसीपुर (दाङ), ३ जेठ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको  जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन् । 

    images
    images

    स्वदेशमा नै केही गरौँ भनेर सामुहिक खेती थालिएको कृष्ण   चौधरीले बताएका छन्। आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर खेती थालेको बताएका छन् ।

    हाल गाउँमै १२ कट्ठा खेतमा आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी  जातका  तरबुजा खेती गरिरहेको उनले  जानकारी दिएका छन् ।  

    images
    images

    हाल आहाना, प्रतिकिलो रु ८० र स्विटहनी, सरस्वती, पुजा, दिव्या जातका तरबुजा प्रतिकिलो रु ५० का दरले गाउँमा नै बिक्री भइरहेको छ । गाउँबाटै दैनिक सयदेखि डेढ किलोसम्म बिक्री हुने गरेको छ ।

    तरबुजाको याम समाप्त भएपछि बदाम लगायत अन्य सागसब्जीखेती गर्ने उनीहरूको योजना  छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend