images

२०८३ आश्विन १६ गते

images
images
images
  • अर्थतन्त्र
  • बैशाखमा घरजग्गा कारोबार उत्साहजनक, राजस्व संकलनमा...

बैशाखमा घरजग्गा कारोबार उत्साहजनक, राजस्व संकलनमा पनि वृद्धि

बैशाखमा घरजग्गा कारोबार उत्साहजनक, राजस्व संकलनमा पनि वृद्धि

images
images
आइतवार, जेठ ३ २०८३
आइतवार, जेठ ३ २०८३
  • काठमाडौँ, ३ जेठ । नयाँ वर्ष २०८३ को पहिलो महिना बैशाखमा देशभर घरजग्गा कारोबार उल्लेखनीय रूपमा बढेको छ।भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार बैशाख महिनामा देशभरका भूमि प्रशासन कार्यालयमार्फत ५८ हजार ८ सय ८६ वटा घरजग्गा कारोबार सम्पन्न भएका छन्।

    images
    images

    यो संख्या अघिल्लो महिना चैतको तुलनामा ६.०४ प्रतिशतले बढी हो। चैत महिनामा ५५ हजार ५ सय ३१ वटा कारोबार भएका थिए। यस्तै, गत वर्षको सोही अवधिको तुलनामा पनि घरजग्गा कारोबार १२.३४ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ। गत वर्ष बैशाखमा ५२ हजार ४ सय १५ वटा कारोबार भएका थिए।

    घरजग्गा कारोबारसँगै सरकारी राजस्व संकलनमा पनि वृद्धि भएको छ। चैत महिनामा घरजग्गा कारोबारबाट ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा बैशाखमा उक्त रकम बढेर ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ पुगेको छ।

    images
    images

    सरकारले घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शीर्षकमा राजस्व उठाउँदै आएको छ। विभागका अनुसार बैशाख महिनामा सेवा करबाट मात्रै ३४ करोड ४० लाख ६३ हजार रुपैयाँ राजस्व संकलन भएको छ। त्यसैगरी रजिस्ट्रेसन दस्तुरबाट ३३ करोड १९ लाख रुपैयाँ तथा पुँजीगत लाभकरबाट ३३ करोड ३८ लाख रुपैयाँ राजस्व उठेको जनाएको छ।

    पछिल्लो समय बैंकिङ तरलता सुधार, ब्याजदरमा आएको स्थिरता तथा लगानीकर्ताको विश्वास बढ्दै जाँदा घरजग्गा कारोबारमा सकारात्मक संकेत देखिन थालेको सरोकारवालाहरूको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend