images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न...

प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न राय माग

प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न राय माग

images
images
आइतवार, जेठ ३ २०८३
आइतवार, जेठ ३ २०८३
  • काँक्रेविहार (सुर्खेत), ३ जेठ । कर्णाली प्रदेश सरकारले प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न छलफल सुरु गरेको छ । साविक कर्णालीका प्रदेशसभा सदस्यहरूसँग छलफल सुरु भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिनुभयो ।
     
    उहाँले भन्नुभयो, “कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार तथा सुझाव सङ्कलन गर्ने काम भएको छ । यसलाई किसानमैत्री, जनजीविकाको सवाललाई उच्चतम रूपमा सम्बोधन गर्न सुझाव आएका छन् ।”

    images
    images

    छलफलमा डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालिकोटमा प्रदेशसभा सदस्यहरूसँग छलफल भएको छ । बर्सेनि सडक तथा अन्य कारणले गर्दा किसानले उत्पादन गरेका स्याउमा क्षति हुँदा समस्या हुने गरेकाले यसलाई हल गर्न प्रदेश सरकारले स्याउ विकास बोर्ड नै गठन गर्नुपरेको मन्त्री शाहले बताउनुभयो । स्याउ पाइने ठाउँमा गएर स्थलगत रूपमा अध्ययनसमेत भइसकेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend