images

२०८३ आश्विन १५ गते

images
images
images

सगरमाथासहितका हिमालबाट १ अर्ब २५ करोड बढी रोयल्टी

सगरमाथासहितका हिमालबाट १ अर्ब २५ करोड बढी रोयल्टी

images
images
शनिवार, जेठ २ २०८३
शनिवार, जेठ २ २०८३
  • काठमाडौँ, २ जेठ । सन् २०२६ को वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारले १ अर्ब २५ करोडभन्दा बढी रोयल्टी संकलन गरेको छ । पर्यटन विभागका अनुसार मार्च १ देखि मे १५ सम्म ३० वटा हिमाल आरोहणका लागि अनुमति जारी गर्दा कुल १ अर्ब २५ करोड ८४ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको हो ।

    images
    images

    यस अवधिमा ७९ देशका १ हजार १ सय ८१ आरोहीले नेपालका हिमाल चढ्ने अनुमति लिएका छन् । तीमध्ये ८९८ पुरुष र २८३ महिला रहेका छन् । सबैभन्दा बढी आकर्षण विश्वको सर्वोच्च शिखर सगरमाथामा देखिएको छ । सगरमाथा आरोहणका लागि मात्रै ५१ टोलीका ४९४ जनाले अनुमति लिएका छन् ।

    विभागका अनुसार सगरमाथाबाट मात्रै १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ । यस्तै लोत्से, मकालु, आमादब्लम र कञ्चनजङ्घा हिमालबाट पनि उल्लेखनीय राजस्व उठेको छ ।

    images
    images

    देशगत रूपमा चीनबाट सबैभन्दा धेरै १५६ जना आरोही नेपाल आएका छन् भने अमेरिकाबाट १५०, भारतबाट ९७, बेलायतबाट ७४ र रसियाबाट ७० जनाले आरोहण अनुमति लिएका छन् । नेपालबाट पनि ४३ जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमति प्राप्त गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend