images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • थाइल्याण्डमा दक्षिण-पूर्वी एसियाकै सबैभन्दा ठुलो डाइनोसरको...

थाइल्याण्डमा दक्षिण-पूर्वी एसियाकै सबैभन्दा ठुलो डाइनोसरको अवशेष फेला

थाइल्याण्डमा दक्षिण-पूर्वी एसियाकै सबैभन्दा ठुलो डाइनोसरको अवशेष फेला

images
images
शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • बैंकक । वैज्ञानिकहरूले थाइल्याण्डमा उत्खननका क्रममा फेला परेका अवशेषहरूबाट लामो घाँटी भएको एक नयाँ प्रजातिको विशाल डाइनोसर पहिचान गरेका छन्। दक्षिण-पूर्वी एसियामा अहिलेसम्म फेला परेका डाइनोसरमध्ये यो सबैभन्दा ठुलो भएको दाबी गरिएको छ। ‘नागाटाइटन’ नाम दिइएको यो डाइनोसरको तौल २७ टन अर्थात् ९ वटा वयस्क एसियाली हात्ती बराबर रहेको र यसको लम्बाइ २७ मिटर रहेको वैज्ञानिकहरूले बताएका छन्। यो डाइनोसर लामो घाँटी हुने शाकाहारी डाइनोसरहरूको ‘साउरोपोड’ परिवारसँग सम्बन्धित रहेको छ।

    images
    images

    बेलायत र थाइल्याण्डका अनुसन्धानकर्ताहरूको टोलीले उत्तर-पूर्वी थाइल्याण्डको एउटा पोखरी नजिकै एक दशकअघि भेटिएका जीवावशेषहरूबाट यस प्रजातिको पहिचान गरेका हुन्। यो खोजले प्राचीन जलवायु परिस्थितिमा आएको परिवर्तनले कसरी विशालकाय डाइनोसरहरूको विकासमा मद्दत पुर्यायो भन्ने कुरामा नयाँ प्रकाश पारेको छ। यसको पूरा नाम ‘नागाटाइटन चैयाफुमेन्सिस’ राखिएको छ। यहाँ ‘नागा’ को अर्थ दक्षिण-पूर्वी एसियाली लोककथामा रहेको सर्प, ‘टाइटन’ को अर्थ ग्रीक पौराणिक कथाका देवता र ‘चैयाफुमेन्सिस’ को अर्थ अवशेष फेला परेको प्रान्त ‘चैयाफुम’ बाट भन्ने बुझिन्छ।यो डाइनोसर आजभन्दा १० करोडदेखि १२ करोड वर्षअघि अस्तित्वमा रहेको थियो, जुन प्रसिद्ध 'टायरानोसोरस रेक्स' भन्दा करिब ४ करोड वर्ष पहिलेको समय हो। 'साइंटिफिक रिपोर्ट्स' जर्नलमा प्रकाशित यस अध्ययनका मुख्य लेखक युनिभर्सिटी कलेज लण्डन (यूसीएल) का थाई विद्यार्थी थितिभुट सेथापानिचसाकुल हुन्। उनले यसलाई थाइल्याण्डको ‘अन्तिम टाइटन’ को रूपमा वर्णन गरेका छन्।

    थितिभुटका अनुसार डाइनोसर पाइने थाइल्याण्डको सबैभन्दा नयाँ चट्टानी संरचनामा यी अवशेषहरू फेला परेकाले यसलाई अन्तिम टाइटन भनिएको हो। उनले भनेका छन्, ‘डाइनोसरको समय सकिनै लाग्दा बनेका नयाँ चट्टानहरूमा डाइनोसरका अवशेषहरू भेटिने सम्भावना कम हुन्छ किनभने त्यतिबेलासम्म यो क्षेत्र उथले समुद्रमा परिणत भइसकेको थियो। त्यसैले यो दक्षिण-पूर्वी एसियामा हामीले फेला पार्ने अन्तिम वा सबैभन्दा पछिल्लो विशाल साउरोपोड हुन सक्छ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend