images

२०८३ आश्विन १६ गते

images
images
images

नेपाल बिजनेस समिट २०२६ को तयारी तीव्र

नेपाल बिजनेस समिट २०२६ को तयारी तीव्र

images
images
शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • काठमाडौँ, १ जेठ । आगामी नेपाल बिजनेस समिट २०२६ को तयारी तीव्र पारिएको छ । आयोजकले सहभागीहरूलाई समयमै रजिस्ट्रेसन प्रक्रिया पूरा गर्न आग्रह गर्दै कार्यक्रम यही जेठ ४ गते आयोजना हुने जानकारी दिएको छ ।

    images
    images

    समिटमा विभिन्न क्षेत्रका व्यवसायी, उद्योगी, उद्यमी तथा सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ। आर्थिक, व्यावसायिक तथा लगानीका सम्भावनाबारे छलफल गर्ने उद्देश्य सहित आयोजना हुन लागेको कार्यक्रममा सक्रिय सहभागिताका लागि आयोजकले सबैलाई हार्दिक आमन्त्रण गरेको छ ।

    आयोजकका अनुसार केही सहभागीहरूको रजिस्ट्रेसन प्रक्रिया बाँकी रहेको हुन सक्ने भएकाले ढिलाइ नगरी यथाशीघ्र दर्ता प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ । समिटमार्फत निजी क्षेत्र, लगानीकर्ता तथा नीति निर्माण तहबीच सहकार्य र संवाद विस्तार हुने विश्वास लिइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend