images

२०८३ कार्तिक ४ गते

images
images
images

कुमारी बैंकको तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा

कुमारी बैंकको तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं- कुमारी बैंकले आगामी तिहार, किजा पूजा तथा छठ पर्वका अवसरमा सेवाग्राहीहरूलाई शुभकामना स्वरुप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ।

    images
    images

    कात्तिक १४ देखि कात्तिक २२ गते (छठ पर्व) सम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको हो।

    भाइटिका तथा किजा पूजाकोे दिनमा मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने पहिलो एक हजार सेवाग्राहीहरूलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रूपैयाँ क्यासब्याक प्रदान गरिनेछ भने अन्य ८ दिन बैंकका सेवाग्राहीहरूले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रूपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

    images
    images

    लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ।

    यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरूमा चाडबाडहरूमा हुने वित्तीय कारोबारहरू विद्युतीय भुक्तानीका माध्यमहरूबाट गर्न आकर्षित गरी डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

    बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ इकाइहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend