images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • ‘धुरन्धर २’ को स्क्रिप्ट चोरी विवाद...

‘धुरन्धर २’ को स्क्रिप्ट चोरी विवाद अन्त्य : आरोप लगाउने सन्तोष कुमारले मागे बिनासर्त माफी

‘धुरन्धर २’ को स्क्रिप्ट चोरी विवाद अन्त्य : आरोप लगाउने सन्तोष कुमारले मागे बिनासर्त माफी

images
images
बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  • मुम्बई । फिल्म 'धुरन्धर २' को स्क्रिप्ट चोरीसम्बन्धी विवाद अब आधिकारिक रूपमा अन्त्य भएको छ। निर्देशक आदित्य धरमाथि स्क्रिप्ट चोरेको आरोप लगाउने सन्तोष कुमारले मानहानिको मुद्दा परेपछि अदालतमा माफी मागेका हुन्। गत अप्रिलमा सन्तोष कुमारले आदित्य धरले आफ्नो स्क्रिप्ट चोरेर फिल्म बनाएको दाबी गर्दै आएका थिए।गत मार्च ३० मा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा सन्तोष कुमारले आदित्य धरलाई ‘चोर’ भन्दै सार्वजनिक रूपमा स्क्रिप्ट चोरीको आरोप लगाएका थिए। त्यसको प्रतिक्रियास्वरूप आदित्य धरले बम्बे हाईकोर्टमा सन्तोष कुमार विरुद्ध मानहानिको उजुरी दर्ता गरेका थिए। 

    images
    images

    हालै भएको सुनुवाइका क्रममा आदित्य धरका तर्फबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता डा. वीरेन्द्र सराफले यदि सन्तोष कुमारले भविष्यमा यस्ता मानहानिपूर्ण टिप्पणी नगर्ने आश्वासन दिएमा मामला सुल्झाउन तयार रहेको बताएका थिए।अदालतमा सन्तोष कुमारका वकिलले बिनासर्त माफी पेस गर्दै अबदेखि आदित्य धरका विरुद्ध कुनै पनि नकारात्मक बयान नदिने आश्वासन दिएका छन्। सन्तोष कुमारले माफी मागेपछि आदित्य धरले मानहानि र क्षतिपूर्तिको मागलाई अगाडि नबढाउने निर्णय लिएका छन्। अदालतले सन्तोष कुमारको माफी स्वीकार गर्दै उक्त मुद्दा खारेज गरिदिएको छ।

    यसअघि मार्चमा भएको पत्रकार सम्मेलनमा सन्तोष कुमारले धुरन्धरको स्क्रिप्ट आफूले लेखेको र पछि आदित्य धरले त्यही कथामा ‘धुरन्धर २’ बनाएको दाबी गरेका थिए। उनले फिल्म हेरेपछि मात्र त्यो आफ्नो स्क्रिप्ट भएको थाहा पाएको बताएका थिए। उनले सन् २०२३ मा धेरै कर्पोरेट कम्पनी र प्रोडक्सन हाउसहरूमा स्टोरी नरेट गरेको र स्क्रिप्टका लागि आदित्य रोय कपुरलाई लिन चाहेको दाबी समेत गरेका थिए। स्क्रिनराइटर एसोसिएसनमा नोभेम्बर २०२३ मा स्क्रिप्ट दर्ता गराएको र आफूसँग सबै प्रमाण भएको दाबी गरे पनि अन्ततः उनले अदालतमा आफ्नो आरोपका लागि माफी माग्नुपरेको छ। उनले फिल्मले आफ्नो कामको दुरुपयोग गरेको र कथालाई राजनीतिक प्रोपोगान्डा बनाएको आरोप समेत लगाएका थिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend