images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • प्रिओपन सेसनमा ९.३९ अंकले बढ्यो...

प्रिओपन सेसनमा ९.३९ अंकले बढ्यो नेप्से, कारोबार मूल्य बढ्यो

प्रिओपन सेसनमा ९.३९ अंकले बढ्यो नेप्से, कारोबार मूल्य बढ्यो

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) ९.३९ अंकले बढेको छ । ९.३९ अंकले बढ्दै नेप्से २६७५.२० को बिन्दुमा उक्लिएको छ ।

    images
    images

    सँगै प्रिसेसनमा कारोबार रकम पनि बढेको छ । ३५ हजार ७७२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड ६३ लाख ८८ हजार रुपैयाँको भयो । जुन केही कारोबार दिनयताकै उच्च हो ।

    प्रिसेसनमा ५४ कम्पनीको सेयर किनबेच भयो । जसमा ३३ कम्पनीको मूल्य बढ्यो भने १८ कम्पनीको मूल्य घट्यो । ३ कम्पनीको स्थिर रह्यो ।

    images
    images

    यो सेसनमा बैंक, हाइड्रो पावर कम्पनीको उच्च कारोबार भएको छ ।

    दुई दिनको उच्च गिरावटपछि मंगलबार नेप्से दोहोरो अंकले बढेको थियो । मंगलबारको बृद्धिको प्रभाव बुधबारको प्रिसेसनमा पनि देखिएको छ । प्रिसेसनको कारोबार हेर्दा, आज कारोबार उत्साहपूर्ण हुने अनुमान लगाउन सकिन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend