images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा...

पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती

पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती

images
images
बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  • पाेखरा ।  पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबुजा खेती गरिएको छ ।तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढाएसँगै यसतर्फको आकर्षण बढ्दै गएको हो । महानगरपालिकाका १३, १४, १६, २१, २२, २३, २६, ३०, ३२ र ३३ नं वडामा तरबुजाखेती भइरहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।उनका अनुुसार महानगरपालिकाले यसवर्ष कृषकलाई ५० प्रतिशत अनुदानमा बीउका साथै मल्चिङ प्लाष्टिक वितरण गरेको थियो । यसवर्ष महानगरपालिकामा तरबुजा खेतीको कारोबार रु पाँच करोड बराबरको हुने अनुमान गरिएकोमा असिना तथा लगातरको .वर्षाले केही असर भने पुर्याएको उनले बताए ।

    images
    images

    “स्थानीय उत्पादनको प्रवर्द्धनका लागि तरबुजाको न्यूनतम समर्थन मूल्य निर्धारण गरिनुुका साथै ब्राण्डिङका लागि स्टिकर उपलब्ध गराउन लागिएको छ”, उनले भने । कृषि पर्यटन तथा स्थानीय उत्पादन प्रवर्द्धन गर्न पोखरा तरबुजा मेला महानगरपालिकाले पोखरामा भइरहको तरबुजा खेतीको प्रवर्द्धनसँगै कृषकहरूलाई यसतर्फको आकर्षण बढाउन यही जेठ ५ गते पोखरा तरबुजा मेला २०८३ गर्ने भएको छ ।पोखरा महानगरपालिकाको कृषि विकास शाखा र वडा न. १३ कार्यालयको आयोजना एवं वडास्तरीय कृषि सञ्जाल पोखरा १३ को व्यवस्थापनमा तरबुजा मेला गर्न लागिएको हो । मेलाका अवसरमा सबैभन्दा ठूलो तरबुजा फलाउने, धेरै क्षेत्रफलमा फलाउने, सबैभन्दा गुलियो फलाउने कृषकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको कडरियाले जानकारी दिए । उनका अनुसार मेलाका अवसरमा तरुबजासम्बन्धी बहस, सफलता कथा आदिबारे चर्चा परिचर्चा हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend