images

२०८३ आश्विन १७ गते

images
images
images

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

images
images
बिहिवार, बैशाख ३१ २०८३
बिहिवार, बैशाख ३१ २०८३
  • मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले भरिभराउ भएका छन्।बुधबारदेखि सुरु भएको ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरुको उपस्थितिले लोमान्थाङ बजारका झन्डै तीन दर्जन बढी होटलहरु पर्यटकले भरिभराउ भएका हुन् ।

    images
    images

    तिजी अवलोकन गर्न बुधबार ३०७ जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङस्थित संरक्षण आयोजना (एक्याप) जनाएको छ । तिब्बती संस्कृति झल्किने करिब छ सय वर्ष पुरानो तिजी ३५० जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिए ।यो पर्वका अवसरमा सुख शान्तिको कामना गर्दै बुधबारदेखि बौद्ध भिक्षुहरूले पाठपूजा गरिरहेका छन् । साथै स्थानीयले नृत्य पनि प्रस्तुत गर्ने परम्परा छ । तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend