काठमाडौँ । नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ्दै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार २०८२ चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोडमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको देखिएको हो।तथ्याङ्कअनुसार २०८२ चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ३ लाख पटक कारोबार गरेका छन्। यस माध्यमबाट कुल ८० अर्ब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ। डेबिट कार्डको तुलनामा मोबाइल बैंकिङको प्रयोग अझ व्यापक र ठुलो परिमाणको देखिएको छ। मोबाइल बैंकिङमार्फत ७ करोड ४४ लाख पटक कारोबार हुँदा ६ खर्ब १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ।
यसैगरी, क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। चैत मसान्तसम्म ५ करोड ४६ लाख पटक क्यूआर कोड स्क्यान गरी १ खर्ब ५३ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।




.gif)



