images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • डिजिटल रेमिटेन्स सेवामा ६ वर्ष पूरा...

डिजिटल रेमिटेन्स सेवामा ६ वर्ष पूरा गर्दै इसेवा मनी ट्रान्सफर

डिजिटल रेमिटेन्स सेवामा ६ वर्ष पूरा गर्दै इसेवा मनी ट्रान्सफर

images
images
बुधवार, बैशाख ३० २०८३
बुधवार, बैशाख ३० २०८३
  • नेपालको अग्रणी डिजिटल रेमिटेन्स कम्पनी तथा एफ१सफ्ट ग्रुपअन्तर्गतको सहायक कम्पनी इसेवा मनी ट्रान्सफरले सफलतापूर्वक आफ्नो सेवा सञ्चालनको सफल ६ वर्ष पूरा गरेको छ।डिजिटल प्रविधि, विश्वसनीयता सेवा तथा ग्राहक केन्द्रित नवप्रवर्तनमार्फत नेपालको रेमिटेन्स क्षेत्रमा परिवर्तनकारी भूमिका निर्वाह गर्दै आएको कम्पनीका लागि यो उपलब्धि एक महत्वपूर्ण कोशेढुंगा बनेको छ।स्थापनाकालदेखि नै इसेवा मनी ट्रान्सफरले विदेशमा रहेका नेपालीहरूलाई नेपालमा छिटो, सुरक्षित र सहज रूपमा रकम पठाउने सुविधा प्रदान गर्दै आएको छ।

    images
    images

    निरन्तर प्रविधिमैत्री सेवाको विस्तारसँगै कम्पनीले आफूलाई नेपालको विश्वसनीय डिजिटल रेमिटेन्स प्लेटफर्मका रूपमा स्थापित गर्न सफल भएको छ।हाल कम्पनीले २०० भन्दा बढी देश, ६० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिटेन्स साझेदारहरूमार्फत सेवा प्रदान गर्दै आएको छ।सेवाग्राहीहरूले १०.९ मिलियनभन्दा बढी इसेवा वालेट प्रयोगकर्तामाझ प्रत्यक्ष वालेट ट्रान्सफर गर्न सक्ने, बैंक खातामा सहज रूपमा रकम पठाउन सक्ने तथा देशभर रहेका ११ हजारभन्दा बढी क्यास पिकअप केन्द्रमार्फत रकम प्राप्त गर्न सक्ने सुविधा उपलब्ध छ।विगत ६ वर्षमा कम्पनीले लाखौं रेमिटेन्स कारोबार सफलतापूर्वक सम्पन्न गर्दै नेपालको डिजिटल अर्थतन्त्र तथा वित्तीय समावेशीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

    जिसीसी राष्ट्रहरू, युरोप, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, अमेरिका लगायत विश्वका विभिन्न देशहरूमा रहेका नेपाली समुदायमाझ कम्पनीले आफ्नो सशक्त उपस्थिति कायम गरेको छ।यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, 'विगत ६ वर्षदेखि इसेवा मनी ट्रान्सफरले विश्वभर रहेका नेपालीहरूका लागि रेमिटेन्स सेवालाई अझ सरल, छिटो तथा पहुँचयोग्य बनाउने उद्देश्यका साथ निरन्तर कार्य गर्दै आएको छ। विशेषगरी डिजिटल रेमिटेन्सलाई प्रवर्द्धन गर्दै परम्परागत नगद-आधारित रेमिटेन्स प्रणालीलाई डिजिटल माध्यमतर्फ रूपान्तरण गर्न कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।' 

    images
    images

    'हामीप्रति निरन्तर विश्वास र सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक, साझेदार तथा टिम सदस्यहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। आगामी दिनहरूमा अझ सशक्त अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्दै थप नवीन डिजिटल वित्तीय सेवाहरूमार्फत विश्वभर रहेका नेपालीहरूलाई थप प्रभावकारी सेवा प्रदान गर्ने हाम्रो लक्ष्य रहनेछ, उनले थपे।इसेवा मनी ट्रान्सफरले सुरुदेखि नै परम्परागत रूपमा नगद वा बैंकमार्फत मात्र प्राप्त हुने रेमिटेन्सलाई डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने अभियानलाई प्राथमिकतामा राख्दै आएको छ।अब विदेशबाट पठाइएको रकम सिधै इसेवा वालेट मा प्राप्त गर्न सकिने सुविधाले सेवाग्राहीहरूलाई उक्त रकमलाई ६ हजारभन्दा बढी डिजिटल सेवाहरूमा प्रत्यक्ष रूपमा उपयोग गर्ने अवसर प्रदान गरेको छ।रेमिटेन्स प्राप्तकर्ताले आफ्नो रकम इसेवा वालेटमा सुरक्षित रूपमा राख्न, डिजिटल भुक्तानी गर्न, मोबाइल रिचार्ज, विद्युत्, खानेपानी, इन्टरनेट तथा टेलिभिजन शुल्क भुक्तानी गर्ने लगायत विभिन्न डिजिटल सेवाहरू सहज रूपमा उपयोग गर्न सक्ने व्यवस्था रहेको छ।

    यसले रेमिटेन्स प्राप्तिका लागि लाइनमा बस्नुपर्ने परम्परागत प्रक्रियालाई क्रमशः डिजिटल तथा सहज प्रणालीतर्फ रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ।कम्पनीका अनुसार नगद-आधारित रेमिटेन्स प्रणालीबाट बैंक तथा वालेट-आधारित डिजिटल रेमिटेन्सतर्फको परिवर्तनमा इसेवा मनी ट्रान्सफरको उल्लेखनीय योगदान रहेको छ।आगामी दिनहरूमा कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय रेमिटेन्स नेटवर्कलाई अझ विस्तार गर्दै ग्राहकहरूको डिजिटल अनुभवलाई थप प्रभावकारी बनाउने तथा विश्वभर रहेका नेपालीहरूको आवश्यकतालाई केन्द्रमा राखी नवीन सीमापार वित्तीय सेवाहरू सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend