काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले ८६ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४.१७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ८२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १४ करोड ६१ लाख रुपैयाँ थियो।
बैंकको सञ्चालन मुनाफा ३.५८ प्रतिशतले बढेर १ अर्ब २३ करोड १४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब १८ करोड ८८ लाख रुपैयाँ थियो। ब्याज आम्दानी भने घटेर १ अर्ब १६ करोड ९० लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी १ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ थियो।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३६.५७ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ३५.११ रुपैयाँ थियो। पीई रेसियो १९.३८ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २२७.१३ रुपैयाँ रहेको छ।




.gif)





