काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले ५३ करोड ६३ रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४२०.५३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
बैंकको सञ्चालन मुनाफा ४२५.२३ प्रतिशतले बढेर ७५ करोड ६९ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १४ करोड ४१ लाख रुपैयाँ थियो। ब्याज आम्दानी भने घटेर २ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष ब्याज आम्दानी २ अर्ब ८६ करोड ६१ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४९ करोड ९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड १० लाख रुपैयाँ थियो।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३८६.८४ प्रतिशत बढेर ९.२५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १.९० रुपैयाँ थियो। पीई रेसियो २८.९२ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १८०.९५ रुपैयाँ रहेको छ




.gif)





