images

२०८३ आश्विन १६ गते

images
images
images

नेपालको धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो

नेपालको धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो

images
images
बुधवार, बैशाख ३० २०८३
बुधवार, बैशाख ३० २०८३
  • काठमाडौँ । नेपालको धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको तथ्याङ्कअनुसार २०८२ चैत मसान्तसम्म धितोपत्र बजारमा उल्लेखनीय विस्तार देखिएको हो। अघिल्लो वर्षको चैतमा बजार पुँजीकरण ४४ खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँग तुलना गर्दा बजार पुँजीकरणको अनुपात ७१.३८ प्रतिशतबाट बढेर ७३.२३ प्रतिशत पुगेको छ।समीक्षा अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्यामा पनि वृद्धि भएको छ। गत वर्ष २७० रहेको सूचीकृत कम्पनीको संख्या बढेर २९४ पुगेको छ। जसमा १३३ बैंक, वित्तीय संस्था र बीमा कम्पनी, १०३ जलविद्युत् कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन्।

    images
    images

    बजार पुँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको हिस्सा सबैभन्दा बढी ५०.२ प्रतिशत रहेको छ। त्यसैगरी जलविद्युत् क्षेत्रको १७.८ प्रतिशत, उत्पादन तथा प्रशोधनको ८.८ प्रतिशत र अन्य समूहको हिस्सा ८.५ प्रतिशत रहेको छ।तथ्याङ्कअनुसार २०८२ चैत मसान्तसम्म नेप्सेमा ९ अर्ब ४८ करोड कित्ता शेयर सूचीकृत छन्, जसको चुक्ता मूल्य ९३३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको चैतसम्म १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। यसमा ४५ अर्ब ५४ करोडको साधारण शेयर, ३९ अर्ब ८९ करोडको बोनस शेयर, ९ अर्ब ६४ करोडको हकप्रद शेयर र २७ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड लगायतका धितोपत्र रहेका छन्।

    यसैबिच, समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल ४१ अर्ब ५३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासन (आईपीओ) का लागि अनुमति दिएको छ। बोर्डले २७ अर्ब २३ करोडको म्युचुअल फण्ड, ९ अर्ब १२ करोडको साधारण शेयर, ४ अर्ब ९४ करोडको हकप्रद शेयर र २० करोडको डिबेन्चर निष्कासनका लागि स्वीकृति दिएको राष्ट्र बैंकले जनाएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend