चौतारा–सिन्धुपाल्चोक ३० वैशाख । दुगुनागढी मा नेपाली सेनाले वीर स्मारक निर्माण गरेको छ ।
सिन्धुपाल्चोकको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक तिब्बत युद्धकिल्ला दुगुनागढीमा निर्माण गरिएको उक्त स्मारकले नेपाली वीरहरूको योगदानको स्मरण गराउने विश्वास गरिएको छ ।
स्थानीयवासीका अनुसार ऐतिहासिक महत्व बोकेको दुगुनागढी क्षेत्र पर्यटन तथा इतिहास अध्ययनका लागि समेत आकर्षण बन्दै गएको छ । रासस




.gif)





