images

२०८३ आश्विन १६ गते

images
images
images

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व संकलन

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व संकलन

images
images
बुधवार, बैशाख ३० २०८३
बुधवार, बैशाख ३० २०८३
  • काठमाडौं– बितेका २४ घण्टामा एक  हजार ६८७ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३१ हजार ५०६ राजस्व दाखिला भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६३,  संकेत बत्ती उल्लंघनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११७ जनालाई कारबाही गरिएको हो । 

    images
    images

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६६, निषेधित क्षेत्रमा हर्न बजाउने ८६, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२१ र अन्य सवारी नियम पालना नगरेका ८०४ जनालाई कारबाही गरिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend