images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • संघर्षलाई सफलतामा बदल्ने शेफ रत्नबहादुर तामाङ...
अर्थसमाचार संवाददाता

संघर्षलाई सफलतामा बदल्ने शेफ रत्नबहादुर तामाङ नेपालको गौरव

संघर्षलाई सफलतामा बदल्ने शेफ रत्नबहादुर तामाङ नेपालको गौरव

images
images
बुधवार, बैशाख ३० २०८३
बुधवार, बैशाख ३० २०८३
  • अष्ट्रेलिया । ‘फलाङ फूड शब्दकोश’का लेखक शिव न्यौपाने ले नेपाली शेफ रत्नबहादुर तामाङ को प्रेरणादायी जीवनकथा सार्वजनिक गरेका छन् ।

    images
    images

    सिन्धुपाल्चोकमा जन्मिएका तामाङले सानैदेखि सामान्य खाद्य प्रतिष्ठानमा काम गर्दै पाककलाप्रति आफ्नो रुचि र मेहनतलाई निरन्तरता दिएका थिए । तर सन् २०१५ तिर भएको एक दुःखद दुर्घटनामा उनले दुवै हात गुमाउनुपरेको थियो । यस्तो अकल्पनीय पीडापछि पनि उनले आफ्नो सपना त्यागेनन् ।

    दुर्घटनापछि तामाङले विशेष उपकरण र आफ्नै खुट्टाको प्रयोग गर्दै पुनः खाना पकाउने कला अभ्यास गर्न थाले । कठिन परिस्थितिलाई चुनौती दिँदै उनले पाककलामा आफ्नो क्षमता प्रमाणित गरे (कृतिम हात को प्रयोग गर्दै) सुधार गर्नु पर्ने।

    images
    images

    भारतीय चर्चित टेलिभिजन शो शो मास्टरशेफ इन्डियामा सहभागिता जनाएपछि उनी अन्तर्राष्ट्रिय स्तरमा परिचित बने । कार्यक्रममा उनको साहस, संघर्ष र प्रतिभाले निर्णायकदेखि दर्शकसम्मलाई प्रभावित बनाएको थियो । भारतीय सञ्चारमाध्यम तथा खाना पारखीहरूले समेत उनको खुलेर प्रशंसा गरेका थिए ।

    विशेषगरी द टाइम्स अफ इन्डियाले उनको जीवन संघर्ष र उपलब्धिलाई प्राथमिकताका साथ प्रकाशन गरेको थियो ।

    तामाङको कथा केवल व्यक्तिगत संघर्षको कथा मात्र नभई ‘अपाङ्गता असक्षमता होइन’ भन्ने सशक्त सन्देश पनि हो । उनको दृढता, आत्मविश्वास र निरन्तर मेहनतले विश्वभरका धेरै मानिसलाई प्रेरित गरिरहेको छ ।

    हाल उनी ‘किचन स्टुडियो’ नामक नयाँ परियोजनामा केन्द्रित छन् । उक्त परियोजनालाई भारतीय चर्चित शेफ रणबीर ब्रार ले सहयोग प्रदान गरेका छन् । बायोनिक ह्यान्ड अभियान सम्पन्न भएपछि तामाङ स्टुडियो विकासको काममा सक्रिय रहने बताएका छन् ।

    शिव न्यौपानेले समावेशी समाज निर्माणका लागि भाषामा समेत परिवर्तन आवश्यक रहेको उल्लेख गरेका छन् । उनका अनुसार ‘अपाङ्गता’ भन्दा ‘भिन्न क्षमता’ भन्ने शब्द बढी सम्मानजनक र सकारात्मक हुन सक्छ ।

    उनले आधुनिक डिजिटल प्रविधिले शारीरिक सीमितता भएका व्यक्तिहरूलाई पनि आफ्नो क्षमता प्रदर्शन गर्दै आत्मनिर्भर बन्न सहज बनाएको धारणा व्यक्त गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend