images

२०८३ आश्विन १६ गते

images
images
images

बुधबार श्रीकृष्ण र गणेशको पूजा गर्नाले समृद्धि मिल्ने विश्वास

बुधबार श्रीकृष्ण र गणेशको पूजा गर्नाले समृद्धि मिल्ने विश्वास

images
images
बुधवार, बैशाख ३० २०८३
बुधवार, बैशाख ३० २०८३
  • काठमाडौँ, ३० वैशाख । बुधबार, जेठ कृष्ण पक्षको एकादशी तिथि परेको छ । तदनुसार आज सन् २०२६ मे १३ तारिख हो । हिन्दु धर्मशास्त्रअनुसार हप्ताका प्रत्येक बार कुनै न कुनै देवी–देवतासँग सम्बन्धित मानिन्छ । विशेष व्रत र उपवास बाहेक धेरैजसो हिन्दू धर्मावलम्बीले आफ्नो श्रद्धाअनुसार कुनै एक दिन पूजा–आराधना तथा व्रत गर्ने परम्परा छ ।

    images
    images

    बुधबारलाई ‘बुध’ ग्रहको दिनका रूपमा लिइन्छ । यस दिन विशेषगरी भगवान श्रीकृष्ण तथा भगवान गणेश को पूजा गर्ने प्रचलन रहेको छ । धार्मिक मान्यताअनुसार तुलसीको पातले श्रीकृष्णको पूजा गर्दा शुभ फल प्राप्त हुने विश्वास गरिन्छ । साथै नयाँ कामको सुरुवातका लागि बुधबारलाई अत्यन्त शुभ दिन मानिन्छ ।

    धार्मिक विश्वासअनुसार बुधबार श्रीकृष्णको व्रत तथा पूजा गर्ने व्यक्तिले मनोकांक्षा पूरा हुने फल प्राप्त गर्ने जनविश्वास छ । यस दिन गरिने केही धार्मिक कर्मले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ ।

    images
    images

    बुधबार के गर्दा समृद्धि मिल्छ ?
    बुधबार गाईलाई हरियो घाँस खुवाउँदा देवी–देवताहरूको कृपा प्राप्त हुने धार्मिक विश्वास छ ।
    मुंगको दाल दान गर्दा दुःख–कष्ट निवारण हुने मान्यता रहेको छ ।
    भगवान गणेश लाई सिन्दुर चढाउँदा मनोकामना पूरा हुने धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ ।
    कुण्डलीमा बुध ग्रहको दोष भएका व्यक्तिले बुधबार गणेशलाई लड्डु चढाउँदा शुभ फल प्राप्त हुने विश्वास गरिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend